नेपालको संविधान समाजवाद उन्मुख छः पुर्व मन्त्रि बस्नेत ।।

कालिकोट ः
पुर्व सामान्य प्रशासन मन्त्रि टेक बहादुर बस्नेतले नेपालको संविधान समाजवाद उन्मुख रहेको बताउनु भयो । दलित, महिला, जनजाती, गरिव, विपन्न, आदीवासी, थारु मुस्लीमहरुको हक अधिकार शुनिश्चित भएको बताउनु भयो । सान्नी त्रिवेणी गाउँपपलिकाले आयोजना गरेको संविधान दिवसमा बोल्दै पुर्व मन्त्रि बस्नेतले संघियता, धर्म निरपेक्ष, समावेशीताका कुरा उल्लेख गरेको र ३१ वटा मौलिक हक समेटिएको हुनाले नेपालको संविधान विश्वको उत्कृष्ट संविधान रहेको बताउनु भयो ।
नेपाली जनताको ठूलो मेहनत र लगानि वाट नेपालको संविधान बनेकोे बताउनु भयो । उहाँले यो संविधान कार्यान्वयन गर्नका लागि सबैले लाग्नु पर्ने बताउनु भएको छ । यो संविधानले नेपाली जनताको लक्ष्य उद्देस्य र समाजका विषय वस्तुका दृष्टिकोणकाले उत्कृष्ट संविधान बनेको बताउनु भयो ।
उहाँले यो संविधान निर्माणका लागि थुप्रै नेपालीहरुले आफ्नो बलिदानि दिएको र ठूलो संघर्षवाट यो संविधान निर्माण गरेको बताउनु भयो । उहाँले राष्टका ठूला मुद्धामा देशका मुख्य राजनितिक दलहरु एक ठाउँमा आउनु पर्ने समेत बताउनु भयो । उहाँले यो संविधानलाई अक्षरस पालना गर्नका लागि एकताको आवश्यकता रहेको समेत बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array