बन्डाल्नी मस्टा देवताको मन्दिर शिलान्यास ।।

कालिकोट :

परापुर्वकाल देखि मानिदै आएको धाार्मिक आस्थाको धरोहर बन्डाल्नी मस्टा देवताको मन्दिर निर्माण हुने भएको छ । रास्कोट नगरपालिका वडा नं ३ कोलिगाउमा मन्दिर निर्माण गर्न लागिएको हो
बिगतका दिनहरुमा ढुङ्गा को खोचमा मन्दिर बनाएर पुजा गरिदै आएको थियो । कर्णालि प्रदेश सरकार उद्योग,पर्यटन,वन तथा बातावरण मन्त्रालय,प्रदेश वन निर्देशनालय अन्तर्गत डिभिजन वन कार्यालय कालिकोटको आ.व २०८२।०८३ को बार्षिक स्वीकृत पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तरगत मस्टो देबताको मन्दिर निर्माण हुन थालेको हो ।
धाार्मिक तथा पर्यटकीय स्थलको जगेर्ना गर्ने र सामाजिक मूल्य मान्यतालाई जोगाइ आन्तरिक पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि प्रदेश सरकाले मन्दिर निर्माण गर्न लागेको हो ।
उक्त देवताको मन्दिरमा १ हजार ५ सय बढि परिवारका सदस्यहरुले अछेता फुुलपाती चढााउछन । देवताको पुजा गरेपछि आफुुले चााहेको काम पूरा हुने र विभिन्न विपत्तिहरुवाट मुक्ति पाइने धाार्मिक विस्वास रहेको छ ।
उक्त मस्टो देवताको धार्मिक परम्परा अनुसार योगी परिवार का मुल धामि स्वर्गिय बुदुनाथ योगी, कल्यान नाथ, चंचल नाथ,कर्ण नाथ,पदम नाथ योगीले पैठे जात्रा गर्दै स्थानीय भक्तजनहरूको भलाइका लागि छाप, छपिलो र आशीर्वाद दिदै आउनु भएको थियो । आज वडा नं ३ का वडा अध्यक्ष राजेन्द नाथ योगिले मन्दीरको शिलान्यस गर्नु भएको छ । शिलान्यास कार्यक्रममा वडा सदस्य, ॐरति नाथ योगी, वयोवृद्ध सिद्धी नाथ योगी, सपुर नाथ योगी, समिति का अध्यक्ष मुना योगी र कोषाध्यक्ष बिरमान नाथ योगी लगायतका स्थानीय को सहभागिता रहेको हो ।

उक्त मन्दिरको सिलान्यास गर्दै वडाध्यक्ष राजेन्द्र नाथ योगी ले १५ लाखमा निर्माण हुने मन्दिर गुणस्तरीय तथा प्रभावकारी रूपमा समयमै सम्पन्न गर्न आग्रह गर्दै यो देवि देवता को आस्था र विश्वास हाम्रो समाजमा दिनप्रतिदिन बढिरहेकाले यसलाइ पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर लैजानुपर्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array