सुवास बमको एकमात्र गोलमा नेपालले साफ यू-२० च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । माल्दिभ्समा भइरहेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बुधबार श्रीलंकालाई १-० ले पराजित गर्यो ।
नेपालको जितमा सुवासले २४औं मिनेटमा गोल गरेका थिए । यसबाहेह पनि विभिन्न अवसर सिर्जना गरेपनि गोल भने थप्न सकेन ।
नेपालले पहिलो खेलमा भुटानलाई हराएको थियो । लगातार २ जितपछि नेपालको ६ अंक भएको छ र सेमिफाइनल सम्भावना बलियो बनेको छ ।
दक्षिण एसियाका सातै राष्ट्रको सहभागिता रहेको साफ यू-२० च्याम्पियनसिपमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।





