बालविवाह बिरुद्ध साझा अभियान सञ्जालको जिल्ला भेला सम्पन्न ,अध्यक्षमा मल्ल र सचिवमा योगी ।।

कालिकाेट/

बालविवाह विरुद्ध साझा अभियान सञ्जाल कालिकोटको दोस्रो भेलाबाट बरिष्ठ पत्रकार कालिबहादुर मल्लको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ ।
सञ्जालका निबर्तमान अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा आज सम्पन्न भएको भेलाले रजेन्द्र बहादुर सहकारी ,उपाध्यक्ष (भिडिसेफ),नमराज योगी सचिव सादा नेपाल ,नेत्र बहादुर शाही सहसचि (हुरेन्डेक) र निस्ता कार्की कोषाध्यक्ष किर्डाक नेपाल संस्थावाट चयन गरिएको छ ।

यस्तै सदस्यहरुमा,ललित बिष्ट सदस्य (नेपाल पत्रकार महासंघ, डिल्लि चौलागाँइ सदस्य (मानव अधिकार सञ्जाल, रमेश सुनार सदस्य कर्णाली पुर्नजागरण केन्द,निदरा सुनार सदस्य फेडो नेपाल, पार्वती चौंलागाई सदस् गैसस महासंघ र दिलु बम सदस्य हाम्रो कर्णाली खबरवाट चयन हुनु भएको नव निर्वाचित सचिव नमराज योगीले जानकारी गराउनु भएको छ ।

सञ्जालले जिल्लाभरिका स्थानीय तहमा बालविवाह बिरुद्ध रणनीति योजना बनाउनुका साथै बालविवाहा अन्त्यका लागि अभियान सञ्चालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array