नेपाल मानव अधिकार संगठन कालिकोट जिल्लाको अध्यक्षमा पत्रकार नमराज योगि चयन हुनु भएको छ । मानव अधिकार संंगठन कालिकोटको शुक्रबार सम्पन्न पहिलो अधिबेशनले नमराज यागीको सभापतित्वमा ११ सदस्सीय सर्वसहमत नयाँ समिति चयन गरेको हो ।
मानब अधिकारको संरचना अनुसार उप सभापति मा संचारकर्मी तारा सार्की, सचिवमा रमेश कुमार सोनि, कोषाध्यक्षमा सामाजिक अभियान्ता निलम गिरी सहित ११ सदस्यीय समिति गठन गरिएको केन्द्रीय प्रतिनिधि राज्यलक्ष्मी शाहीले जानकारी दिनु भयो। यस्तै सदस्यमा प्रेणा बिक ,प्रेम प्रकाश शाही, निसा बिक, जितेन्द्र ब शाही , निस्ता कार्की ,सरिता शाह बम, नैना योगी रहेका छन ।
समितिले कालिकोट जिल्लामा हुने मानव अधिकार उल्लंघन सम्बन्धी घट्ने बिभिन्न घटनाहरु र मानबिय जोखीमलाई संरक्षण , प्रबदनका लागी नवगठित कार्यसमिति सक्रिय रहने भयको छ ।
नेपाल मानव अधिकार संगठन २०४५ सालमा काठमाडौं दर्ता भएको सस्थाले मानव अधिकारका क्षेत्रमा पैरबि गर्दै हरेक जिल्लामा आफ्नो शाखा स्थापना गरेको छ ।
मानव अधिकार भनेको मानवीय मूल्य र प्रतिष्ठाका साथ जीवन यापन गर्न मानवलाई आवश्यक पर्ने न्यूनतम अधिकारहरूको समष्टिगत रूप नै मानव अधिकार हो भनेर भन्ने गरिन्छ ।
मानव अधिकार मानवका जन्मसिद्ध, नैसर्गिक र आधारभूत अधिकार हुन् भनेर नेपाल को संबिधान मा ब्यबस्था गरेको भएतापनि यसको कार्यन्वयन मा निकै चुनौतिपूर्ण रहेको शाखा अध्यक्ष योगीले बताए ।





