बागमती र मधेश प्रदेशका नदीहरू वरपर आज साँझ र राती उच्च जोखिम

बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सबै नदीहरु वरपर आज साँझ र राती थप जोखिम बढ्ने देखिएको छ । निरन्तरको वर्षाका कारण काभ्रे, काठमाडौं र मकवानपुरका जिल्लाहरुका नदीहरुमा पानीको बहाव बढेको छ ।

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले काभ्रे-रोसी, मनोहरा- काठमाडौं, बागमती- काठमाडौं, लालबकैया- मकवानपुरमा जलसतह सतर्कता तह माथि र बढ्दो रहेको उल्लेख गरेको छ ।
महाशासाले बागमती प्रदेश र मधेश प्रदेश भएर बहने प्राय सबै नदी नाला सतर्कता तह नजिक र बढ्दो रहेकोले सुरक्षित रहन अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array