प्रतिनिधिसभा विघटन र प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै सर्वोच्चमा थप ५ रिट दर्ता ।।

प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र त्यसपछिको प्रतिनिधिसभा विघटन गैरसंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा थप पाँचवटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालत प्रशासनले संवैधानिक इजलासमा नै दर्ता हुने गरी ती निवेदनहरू दर्ता गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, यसअघि दर्ता भएका ११ र आइतबारका थप ५ गरी कुल १६ वटा रिट निवेदनहरू एकसाथ पेस हुनेछन् ।

दर्ता भएका सबै रिट निवेदनहरूलाई प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा पेस गर्न तोक लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array