कांग्रेसको निर्वाचनमा जाने निर्णय, एमाले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा ।।

काठमाडौँ —तत्कालीन सत्ता गठबन्धनमा रहेका मुख्य दुई दलमध्ये एमालेले प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएर सडकबाट दबाब बढाइरहेका बेला कांग्रेसले भने निर्वाचनमा जाने निर्णय लिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरानै सहकार्य अघि बढाउन आग्रह गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा ल्याउन खोजिरहेका बेला कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा जाने निर्णय शनिबार गरेको हो ।

‘२१ फागुनका लागि प्रतिनिधिसभा निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,’ कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयमा भनिएको छ ।

निर्णयमा कांग्रेसले भनेको छ, ‘निर्वाचनमार्फत नै संविधानघको रक्षा तथा जेन–जी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ ।’

प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डालाई भने कांग्रेसले अदालतको विचाराधीन विषय भनेको छ । ३ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले संसद् विघटनको उपक्रम संविधानको परिकल्पना तथा सम्मानित अदालतको व्याख्याविपरीत भएकाले असंवैधानिक रहेको भनेर गरेको निर्णयलाई केन्द्रीय समितिले अनुमोदन गरेको छ । तर, सबै संकटको निकास फेरि पनि निर्वाचनबाटै हुने कांग्रेसको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array