सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सुरु ।।

कालिकोट
सार्वजनिक शिक्षा सुधारका लागि अभिभावक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । सामाजिक विकास कार्यालय कालिकोटको आयोजना र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा २ दिने सेचतना तथा अन्तरक्रिया कार्यक्रम आजवाट सुरु भएको हो । शिक्षा क्षेत्रमा स्थानिय सरकारसँगै विभिन्न संघ संस्थाले पनि सहयोग गरिरहेको र यसमा प्रदेश सरकारले पनि ठूलो लगानि गरेको सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख रछाने लोहारले बताउनु भयो ।

उहाँले जिल्लाका ९ वटा स्थानिय तह मध्ये सान्नी त्रिवेणी गाउँपालिकालाई छनौट गरि अभिभावक, शिक्षक र जनप्रतिनिधि सरोकारवाला विच यो अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । विद्यार्थिको सिकाईमा कसरी बृद्धि गर्ने, गुणस्तरीय शिक्षा लागु गर्ने र शिक्षामा सुधार ल्याउनका लागि अभिभावक र शिक्षकहरुको कस्तो भुमिका हुनु पर्छ भन्ने विषयमा अन्तरक्रिया तथा सचेतनाका लागि यो २ दिने कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

शिक्षामा गरेको लगानि तत्काल नदेखिने तर दिर्घकालिन हुने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । उहाँले सैद्धान्तीक शिक्षा भनदा पनि व्यवहारीक शिक्षा र उत्पादनमुखी शिक्षा आवश्यक रहेको बताउनु भयो । मास्टर गरेर पनि रोजगारी नपाउनुको मुख्य समस्या शिक्षा उत्पादनमुखी नभएको र वर्तमान शिक्षा प्रणालीमा क्षमता नदेखिएको बताउनु भयो ।


विगतको अवस्थामा वर्तमान शिक्षा प्रणाली धेरै सुधार हुदै गएको गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले विद्यार्थिलाई कस्तो बनाउने जिम्मा शिक्षकको भएपनि उसको भविस्य कस्तो बनाउने भन्ने मुख्य जिम्मेवारी अभिभावकको हुने हुँदा अभिभावकहरुले विशेष चासो दिनुपर्ने बताउनु भयो । शिक्षामा सुधार ल्याउनका लागि सिकाई बृद्धि गर्नका लागि सरकारको मात्र दायित्व हो भन्ने बुझाई गलत भएको प्रमुख प्रशसकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । उहाँले विद्यालयमा शिक्षकले अध्यापन गराउने शैलि, विद्यालयमा शिक्षकहरुको उपस्थितीको अनुगमन र विशेष गरि आफ्नो बालवालिका विद्यालय के गरिरहेको छ भन्ने विषयमा अभिभावकहरुले चासो दिनु पर्ने बताउनु भयो ।

पछिल्लो समय समाज फरक दिशामा अगाडि बढेको वडा नं. ६ का वडा अध्यक्ष नहकुल संज्यालले बताउनु भयो । उहाँले अव विद्यार्थिलाई नैतिक शिक्षा दिन जरुरी रहेको बताउनु भयो । सामाजिक विकास कार्यालय कालिकोटका प्रमुख रछाने लोहारको अध्यक्षता सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्यालको विशेष आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवाल, वडा नं. ६ का वडा अध्यक्ष नहकुल संज्याल, शिक्षा अधिकृत मदन बहादुर शाही लगायतको आतिथ्यतामा पालिकाका सामुदायिक विद्यालयउउमा कार्यरत शिक्षक विव्यस समिति अभिभावहरुको उपस्थितीमा कार्यक्रम सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array