हुम्ला सदरमुकाम राष्ट्रिय सडक सञ्जालमा जाेडियाे,’ प्रधानमन्त्रीद्धारा उद्घाटन ।।

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्लाको खार्पुनाथ गाउँपालिका-५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो ।

पक्की पुल निर्माण गर्न समय लाग्ने भएपछि नेपाली सेनाले चुवाखोलामा बेलिब्रिज निर्माण गरेको हो । गत वर्ष चैत अन्तिम साता नेपाली सेनाले कर्णाली करिडोरअन्तर्गतको २ सय ८६ किलोमिटर ट्रयाक खोलेपछि सिमकोटसम्म यातायातका साधन चल्न थालेका थिए । तर चुवाखोलामा पुल नहुँदा हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको थिएन ।

‘अब भारतीय सहर रुपैडिहाबाट चीन सीमास्थित हिल्सासम्म एउटै गाडीमा जान सकिने भएको छ,’ हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले भने, ‘पुल नहुँदा यसअघि ३ खण्डखण्डमा गाडी सञ्चालन गर्नुपरेको थियो, यात्रुहरू चर्को भाडाको मारमा थिए ।’ उनका अनुसार भारतीय सहर रुपैडिहाबाट चीन सीमासम्मको हिल्सासम्मको दूरी करिब ५ सय ५ किलोमिटर छ । कालीकोटको खुलालुबाट सुरु हुने कर्णाली करिडोरले बाजुरा र हुम्लालाई समेत जोडेको छ । पुल बनेसँगै हुम्लीको सडक सपना २६ वर्षपछि पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array