भ्यू टावरको वजेट कर्णाली करिडोरमा गएको भए दुर्घटना कम हुन्थ्यो ः सांसद शाही ।।

झापाको भ्यू टावरका लागि छुट्याएको वजेट मात्र कर्णाली करीडोरमा गएको भए कर्णालीका जनताले सडक दुर्घटनाको क्षति व्यहोर्नु नपर्ने र सडक दुर्घटनामा हुने मृत्यूको संख्या घट्ने प्रतिनिधि सभा सदस्य माननिय सांसद महेन्द्र बहादुर शाहीले बताउनु भयो । हुम्लाको खार्पुनाथ गाउँपालिका(५ स्थित चुवाखोला कर्णाली नदीमा निर्मित बेलिब्रिजको प्रधानमन्त्रीले उद्घाटन गरेसँगै सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो । उक्त विषयमा प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद शाहीले पुलको उद्घाटन गरेर गाडि पुगेर कर्णाली वासीको सपना साकार नहुने बताउनु भयो ।

उहाँले कर्णाली राजमार्गलाई मृत्यू राजमार्गको उपनाम दिईरहेका वेला पुल उद्घाटन गरेर मात्र सडक संचालन नहुने बताउनु भयो । उहाँले मृत्यू मार्गको उपनाम पाएको राजमार्गलाई स्तरउन्नती गर्नु पर्ने भन्दै सरकारको ध्यानकर्षण गराउनु भयो । कर्णाली राजमार्गमा मात्र सडक दुर्घटनामा १ हजार ७ सय भन्दा बढिले अकालमा ज्यान गुमाउनु परेको बताउनु भयो । उहाँले कर्णाली करीडोरको अवस्था अझै पनि अस्तव्यस्त रहेको बताउनु भयो । उहाँले भारत र चिन जोड्ने सडक खोलिएको भन्ने विषयमा आपत्ति जनाउनु भयो ।
एउटा खोलाको पुलको उद्घाटन गरेर तिन देशलाई जोड्ने सडक नखुल्ने उहाँको भनाई छ । यस्तै पुल सयौ खोलामा आवश्यक छ , उहाँले भन्नुभयो, पुल नहुँदा हुम्ला जाने गाडिहरु कालिकोटमा थन्कीनु पर्ने बाध्यता अन्त्य भएको छैन । ठेकेदारको लापर्वाहीले सयौ पुलहरु अलपत्र परेका छन । सरकारले कर्णाली करिडोरका सबै खोलामा पुल हाल्नका लागि ध्यान देओस ।

यस्तै उहाँले मनुसन सुरु भइसकेको र पहाडी र हिमाली जिल्लामा बाढि पहिरोको उच्च जोखिम रहेको भन्दै यसको पुर्व तयारी थाल्न आग्रह गर्नुभयो । उहाँले बाढि पहिरो गएपछि नेपाली सेनाको हेलीकप्टर उडाएर चाउचाउ विस्कुट वितरण गर्नु भन्दा अहिले नै उच्च जोखिममा रहेका वस्तीसुरक्षित ठाउँमा स्थानान्तरण गर्नु पर्ने र प्रतेक जिल्लामा रेस्क्यू टोली बनाएर राख्नु पर्ने बताउनु भयो । उहाँले विपदका घटनाहरुवाट जन धनको क्षेति हुन नदिन अहले नै सरकारले विशेष पहल लिनु पर्ने सांसद शाहीले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array