नेपाली सेनाले बाजुरास्थित बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न गरेको छ । २०८१ चैत २८ गतेबाट सुरु गरिएको पुनर्निर्माण कार्य असार २३ गते सम्पन्न भएको सेनाले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ९पाँचौँ संशोधन सहित० को परिधिभित्र रही पुरातत्त्व विभागको स्वीकृत ड्रइङ डिजाइन तथा प्राविधिक सहयोग एवम् बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा परम्परागत निर्माण सामग्रीहरूको प्रयोग गरी पुरानो मौलिक स्वरूप अनुसार पुनर्निर्माण कार्य सम्पन्न गरिएको सेनाको भनाइ छ ।
१४ हजार ६ सय फिट उचाईमा रहेको बढिमालिका मन्दरिमा जनै पुर्णिमाको वेला त्यहाँ पुजा हुने गर्छ । नेपाल मात्र नभई भारत वाट समेत बडिमालिका मन्दीरमा दर्शन गर्नका लागि दर्शनार्थि आउने गर्छन । बडिमालिकाको दर्शन गरे चिताएको पुग्छ भन्ने जनविश्वासले ठूलो संख्यामा भक्तजनहरु आउने गर्छन्। बडिमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने गर्छन्।
बडिमालिका पुग्ने उकालोको यात्रा जति नै कठिन भए पनि आँखाले देखेका अनुपम दृश्य संगाल्दै ओरालो झर्न भने निकै रमाइलो हुनेगर्छ। साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न भारतबाट समेत दर्शनार्थीहरू बडिमालिका आउने गर्दछन्।
वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने धार्मिक विश्वास रहेको छ। सामुद्रिक सतहबाट चार हजार दुई सय सय फिट उचाइमा रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका फूलका साथै सयौँ प्रजातिका जीवजन्तु र चराचुरुंगी पाइन्छ।
विभिन्न फूलहरु, अच्चमका रुखविरुवा, ढुंडा, पुराना गोठहरु, चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका वेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट,बासुधारा अर्थात सहस्रधारा, वडिमालिका मन्दिर । मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्धार, धवलपुरी दह र नाटेश्वरी मन्दिर समग्रमा बडिमालिकामा देखिने अलौकिक दृष्यहरु हुन् ।

किंवदन्ती
पौराणिक कथाअनुसार महादेवकी पत्नी सतीदेवीका पिता दक्ष प्रजापतिले यज्ञ गर्दा महादेव र सतीलाई बोलाएनन्। सतीदेवी दक्ष प्रजापतिको यज्ञ स्थलमा गएर पितासँग आफ्ना पति महादेवलाई नबोलाउनको कारण सोधिन्।
दक्ष प्रजापतिले महादेव भाङ, धतुरो सेवन गर्ने, श्मसानमा बास गर्ने, गलामा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने हुनाले यो यज्ञामा बस्दा शोभा भएकाले नबोलाएको भनि उत्तर दिएका थिए।
आफ्ना पतिको यस्तो अपमान सहन गर्न नसकेर सतीदेवीले यज्ञकुण्डको अग्निमा हाम फालेर प्राण त्याग गरिन्। त्यसपछि महादेव रिसाएर वीरभद्रादी शिवगणलाई पठाएर दक्षलाई मारी दक्षको यज्ञ तहसनहस पार्न लगाए। त्यसपछि महादेव पत्नी वियोगमा पागल भएर सतीदेवीको मृत शरीर बोकेर पूरा विश्व घुम्न थाले।
यसैबेला भगवान विष्णुले आफ्नो चक्र सुदर्शन प्रहार गरी किरा पारेर सतीदेवीको मृत शरीर कुहाए। यसरी ठाउँठाउँमा सतीका अंगहरू पतन हुँदै ९झर्दै० खस्न थालेपछि जहाँ(जहाँ सतीका अङ्ग पतन भए त्यहाँ(त्यहाँ एक एकवटा सिद्ध पीठ बन्दै गए।
यसै क्रममा मल्लागिरि पर्वतमा सतीको बायाँ कुम पतन भयो। त्यसै मल्लागिरिलाई अहिले मालिका भनिन थालियो। र यहाँ मल्लिका अथवा मालिका देवी शक्ति स्वरुपले रहन थालिन्। तसर्थ यस स्थानमा बडीमालिका मन्दिर स्थापना गरेर पूजा गर्न थालियो।
भनिन्छ, प्राचिनकालमा भगवतिले महिषासुर नामको दैत्यको वध गरिसकेपछि कालिकोटको ‘द्वारेढुंगा’ भन्ने ठाउँमा विश्राम गरेकी थिइन्। पछि गएर द्वारेढुंगामा एक जना दाउरा खोज्न गएका दलित भनिएका व्यक्ति भोकले व्याकुल भइ देवीसँग बहरको मासु र हिया गहुँको रोटी माग्यो। देवीले त्यो ती मानिसको मनोकांक्षा पूरा गरिदिइन्।
ती मानिसले पुरै बहरलाई एक्लै खान नसकिने भएकाले उसले आफ्नो घरका मान्छेलाई बोलाएछ। उसको घरको मानिसहरूले टाढा भएका कारण सुन्न सकेनन्। तब ती व्यक्तिलाई रिस उठ्यो। उसले भगवतीलाई भन्योऔ हे१ परमेश्वरी मेरा घरका सबै मान्छे मरुन्। देवीले पनि इच्छा अनुसार वरदान दिइन्।
त्यसपछि बहरको मासु लिएर ती व्यक्ति घर गएछन्। घरमा हेर्दा त सबै जहानहरू मरेका देख्यो। फेरि उनी रिसायर द्वारेढुंगा पुगे। देवी उसलाई देखेर ढोका बन्द गरी त्यहाँबाट भागिन्। उसले बहरको फिलाले देवीको घरमा हानेको छाप अझै द्वारे ढुङ्गामा देखिन्छ।
त्यसकारण देवी सधैँका लागि त्यो ठाउँ छोडेर त्रिवेणी, पंचपुरी पाटन, मल्ल पुरी पाटन हुँदै बडीमालिकामा गएर बसिन्। त्यसैले दलितहरु बडिमालिका नजाने गरेको कथन छ। अन्य भक्तजनहरू जुन बाटो देवी गएकी हुन् त्यही बाटो भएर जान्छन्।

सरकारी पूजा
यो मन्दिरमा सरकारका तर्फबाट एक जना पूजारी बनाइएका छन्। डोटी, अछाम, बाजुरा, कालिकोट र जुम्लाका प्रमुख जिल्ला अधिकारी तथा अन्य कर्मचारीहरूको हातबाट देवीको सरकारी पूजा सम्पन्न हुन्छ।
प्राकृतिक सौन्दर्यता

बडीमालिका धार्मिक मात्र नभएर पर्यटकीय हिसाबले पनि महत्वपूर्ण मानिन्छ। नजिकै देखिने सुन्दर हिमाल, हिउँ कुल्चन पाउने सौभाग्य र मनोरम प्राकृतिक दृश्यहरू बडीमालिकाका गहना हुन्। बडीमालिकाको सौन्दर्य भनेकै विशाल फाँटहरू हुन्। तर, अचेल यी फाँटहरू विस्तारै मासिँदै छन्। यी फाँटमा अनावश्यक चरन र जडीबुडी चोरी निकासीका कारण यसको सौन्दर्य मासिएको जिल्लाबासीको गुनासो छ।






