सान्नी त्रिवेणी ६ को वडा कार्यलय भवन उद्घाटन, सेवा विस्तारमा सहज हुने विश्वास ।।

कालिकोट

सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ ले अव आफ्नै भवनवाट सेवा दिने भएको छ । वडा नं. ६ को आफ्नै भवन निर्माण कार्य सम्पन्न भएपछि विहिवार एक कार्यक्रमका विच नव निर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी( महेश) गाउँपालिका उपाध्यक्ष पार्वति ंिशंह संज्यालले वडा कार्यालयमा राष्टिय झण्डा अनावरण सहित रिवन काटेर उद्घाटन गर्नु भएको हो ।

वडा कार्यालयले आफ्नै नयाँ भवनवाट वडा वासीलाई सेवा दिने भन्दै अव दिने सेवा छिटो छरितो र भरपर्दो हुने गाउँपालिका अध्यक्ष मोहन बहादुर केशी( महेश) ले बताउनु भयो । स्थानिय सरकारले केहि गरेन भनेर विभिन्न भ्रमहरु छर्ने गरेको र यसका जनताहरु सचेत हुनु पर्ने समेत बताउनु भयो ।

उहाँले वडा नं. ६ को भुगोल र विकटतालाई हेरेर पोरीवनमा वर्थिङ सेन्टर स्थापना गरेर संचालनमा ल्याएको र आज आफ्नै वडा कार्यालयको भवन उद्घाटन गरिएको बताउनु भयो । उहाँले प्रतेक घरमा खानेपानी पुगाउने लक्ष्य पनि करिव अन्तिम चरणमा रहेको र पोरीवनमा सडक पुगाउनका लागि पनि पहल भईरहेको बताउनु भयो । उहाँले पालिकाका ९ वटै वडा कार्यालयका आफ्नै भवन निर्माण गरि सेवा प्रवाह गर्ने प्रयासमा स्थानिय सरकार लागि परेको केशिले बताउनु भयो ।

हिजो सम्म भाडाको घरमा वसेर सेवा प्रवाह गरेको वडा कार्यलयले आज आफ्नै भवनवाट सेवा प्रवाह सुरु गरेको हुँदा अव वडा कार्यालयवाट हुने हरेक कामहरु छिटो छरितो हुने उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले वडाको विच सेन्टरमा विभिन्न जग्गादाताहरुको सहयोगमा र स्थानिय प्रदेश सरकारको आर्थिक लगानिमा आज वडा कार्यालयको आफ्नै भवन निर्माण सम्पन्न गरि उद्घाटन गर्न पाउदा निकै खुसी लागेको बताउनु भयो ।

विकास विरोधीहरुले अहिलेका जनप्रतिनिधिहरुले केहि काम गर्न सकेनन् भनेर हल्ला फैलाएपनि स्थानिय सरकार जनताका आवश्यकताहरु पुरा गर्न प्रतिबद्ध रहेर काम गरिरहेको बताउनु भयो । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक लगायतका भौतिक पुर्वाधारमा उल्लेख्य काम गरेको दावि गर्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा वोल्ने बक्ताहरुले वडा कार्यालयको पक्की भवन निर्माणले वडा वासीको एउटा सपना पुरा भएको बताएका छन । शिंह दरवार गाउँमा आएको महशुस गाउँमै विचमै नयाँ पक्की भवनमा वडा कार्यालयले सेवा विस्तार गरेपछि महशुस भएको उनिहरुको भनाई छ । स्थानिय सरकारले जनताका आवश्यकताहरु पुरा गर्नका लागि यस्ता भौतिक संरचना सहित प्रशासनिक सेवालाई थप मजवुत वनाएर लैजान समेत आग्रह गरेका छन् ।

आफ्नै पालामा वडा कार्यालयको भवन निर्माण सम्पन्न गरेर सेवा विस्तार गर्न पाउँदा आफुले चुनावको वेला गरेको वाचा पुरा गरेको वडा अध्यक्ष नहकुल संज्यालले बताउनु भयो । उहाँले वडा वासीको ठूलो सहयोगमा नयाँ भवन निर्माण सम्पन्न गर्न सफल भएको र अव वडा कार्यालयवाट हुने सेवा छिटो छरितो र पारदर्शि वनाएर वडा वासीको सपना सकार पार्ने प्रतिवद्धता जनाउनु भयो ।

वडा कार्यालयको भवन निर्माणका लागि निशुल्क रुपमा जग्गा उपलब्ध गराउने जग्गादातालाई सम्मान समेत गरिएको छ भने वडा कार्यालयको भित्तामा उहाँहरुको नाम लेखेर राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array