युट्युब बन्दको प्रभाव : संसद्को प्रत्यक्ष प्रसारणको विकल्प भेटिएन ।।

सरकारले पूर्वतयारीबिना युट्युबलगायतका सामाजिक सञ्जाल बन्द गर्दा संघीय संसद्का बैठकको प्रत्यक्ष प्रसारण बन्द हुने भएको छ ।युट्युब बन्द गरेको तीन दिन हुँदा पनि संघीय संसद्ले आगामी बैठकहरू कसरी प्रत्यक्ष प्रसारण गर्ने र संसदीय गतिविधि आम नागिरककहाँ पुर्‍याउने भन्ने विकल्प भेटेका छैनन् ।सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को प्रत्यक्ष प्रसारणको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे सचिवालयका अधिकारीहरूसँग पटक-पटक परामर्श गरेका छन् । राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष दाहालले सचिवालयले युट्युबको विकल्पमा के कस्ता उपाय छन् भन्नेबारे संसद् सचिवालयले निरन्तर छलफल गरिरहेको जानकारी दिए । ‘राष्ट्रिय सभाको सोमबारको बैठकको प्रत्यक्ष प्रसारण हुने कि नहुने भन्ने यकिन भइसकेको छैन,’ दाहालले भने, ‘कुनै न कुनै विकल्प सरकारले सोच्नैपर्छ । यो सदनको मात्रै नभई आम जनतासँग जोडिएका विषयवस्तु छन् । व्यापार व्यवसाय लगायतका कुरा छन् । सरकारले केही विकल्प खोज्नैपर्छ, दुई चार दिनमै यसको विकल्प खोज्नुपर्छ ।’ संसद् बैठकमा सांसदले सामाजिक सञ्जाल बन्दका विषयमा कुरा राख्ने सम्भावना रहेको पनि दाहालको भनाइ थियो, ‘सांसदले आफ्ना कुरा राख्नुहोला, सारा सर्वसाधारणले पनि बोलिरहेका छन् ।’

सरकारले सामाजिक सञ्जाल बन्द गर्दा संसद्‌मा के कस्तो प्रभाव पर्छ भन्ने कुनै चासो नराखी र विकल्प चयन नगरी युट्युब बन्द गर्दा समस्या भएको संसद् सचिवालयका अधिकारीले जनाएका छन् । by:ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array