निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्रीद्वारा दलहरूको बैठक आह्वान ।।

प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गर्नुभएकाे छ । अघिल्लो निर्वाचनबाट राष्ट्रिय मान्य प्राप्त दलहरूलाई आगामी २१ फागुनका लागि तय भएको निर्वाचनबारे छलफल गर्न बोलाइएको प्रधानमन्त्रीको सचिवालय सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

छलफल आगामी मंगलबार (४ कात्तिक) मा हुने तालिका तय भएको छ । ‘केही दलहरूलाई निम्तो पठाइसकिएको छ,’ प्रधानमन्त्री कार्यालय निकट स्रोतले भन्यो, ‘केहीलाई जाँदैछ । मंगलबार छलफल हुन्छ ।’स्रोतका अनुसार, प्रत्येक दलबाट २/२ जनालाई छलफलमा बोलाइएको छ ।

सरकारले चुनाव घोषणा गरेर पनि दलहरूसँग संवाद नगरेको भन्दै आलोचना भइरहेको थियो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा दलहरूसँग अन्तरक्रिया आयोजना गर्नुभएकाे थियाे । उक्त छलफलमा पनि प्रधानमन्त्री कार्की सहभागी हुनुहुन्थ्याे । यद्यपि दलहरूले भने उक्त छलफललाई सरकारको पहलबाट नभएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array