रास्वपाको प्रस्ताव कुलमानको पार्टीद्वारा अस्वीकार ।।

 काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो ।बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा बालेन शाहलाई अघि सार्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्तावबारे संरक्षक समेत रहेका ऊर्जामन्त्री कुलमान घिसिङले बैठकमा ब्रिफिङ गरेका थिए ।तर, रास्वपाको उक्त प्रस्तावमा अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै एकताको बाँकी संवाद गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गर्ने निर्णय सो पार्टीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array