माटोको ढिस्कोले पुरीएर एक महिलाको मृत्यू ।।

कालिकोट ः
माटोको ढिस्कोले पुरीएर एक महिलाको मृत्यू भएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ४ निवासी विरेन्द्र बहादुर शाहीकी श्रीमती मिना शाहीको माटोको ढिस्कोले पुरीएर मृत्यू भएको हो ।

सान्नी त्रिवेणी गाउाँलिका वडा नं. ६ मा रहेको घुघाने भन्ने ठाउँमा रातो माटो ल्याउने क्रममा माटोको खान भत्केर शाहीको मृत्यू भएको हो । मृतक शाहीको माटोको ढिस्को भत्कीदा ढुंगाले च्यापीएर मृत्यू भएको प्रहरी चौकी मेहलमुडीले जनाएको छ ।

अहिले घटना स्थलमा प्रहरी चौकी पुगेको छ । मृतक शाहीको सव निकाल्ने तयारी गरिएको र लासको पोष्टमार्टम गरेर अन्तीम दाह संस्कार गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array