बागलुङ । गणेश महतोको वाणीको उडान सार्वजनिक भएको छ ।
बुधबार बागलुङ बजारको होटल पिस प्यालेसको सभा कक्षमा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष सृजना पन्त, पुस्तक विमोचन समितिका संयोजक पार्वती अधिकारी र लेखक गणेश महतोले पुस्तकको संयुक्त रूपमा विमोचन गरेका हुन् ।
उद्द्योषण तथा भाषण कला पुस्तकमा वाणीको महत्व, भाषण कला, सार्वजनिक जिवनमा त्यसको आवश्यकता, सफल उद्द्योषकको व्यवसायीक फाइदा, उद्द्योषण र भाषणको इतिहास, त्यसको सकरात्मक प्रवृत्ति र जीवनपद्धतिमा त्यसलाई पालन गर्दा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक र व्यवसायीक जिवनमा पर्ने प्रभावका बारेमा लेखकका लेखहरु समाविष्ट छन् ।
कार्यक्रममा बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठ, धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा.दिनबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङ शाखाकी उपाध्यक्ष सृजना पन्त, बागलुङ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष केशव वझा र समाजसेवी दुर्गा कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।
बागलुङ जेसीज प्रकाशकले प्रकाशन गरेको पुस्तकको मूल्य ३ सय ५० रुपैयाँ रहेको छ।
कार्यक्रम पुस्तक विमोचन समितिकी संयोजक पार्वती अधिकारीको अध्यक्षता, बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठको स्वागत र पत्रकार तारा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।





