सान्नी त्रिवेणी गाउँपालिकाले मनायो विश्व आत्महत्या रोकथाम दिवस ।।

कालिकोट ः
विश्व आत्महत्या रोकथाम दिवस सान्नी त्रिवेणी गाउँपालिकाले पनि मनाएको छ । आशा जगाऔ जीवन बचाऔ भन्ने मुल नाराका साथ विश्व आत्महत्या रोकथाम दिवस मनाएकोे हो । आत्महत्या वाट वचन के गर्न सकिन्छ र समुदाय स्तरमा जनचेतना कसरी जोगाउने भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ ।
आत्महत्या गर्नेमा बढिजसो मानसीक विरामी भएकाहरु गर्ने भएको हुँदा मानसिक रोगिहरुको उपचारका विषयमा र आत्महत्या हुन वाट जोगाउन कस्ता कार्यक्रम संचालन गर्नु पर्छ भन्ने विषयमा महिला स्वास्थ्य स्वयसेविकालाई जानकारी गराईको छ । आत्महत्या गर्नेमा मानसिक विरामि परेका व्यक्ति बढि हुने गर्छन । बाल वालिका तथा किसोर किसोरिहरु बढि आत्महत्याको प्रयास गर्ने भएको हुँदा उनिहरुलाई आत्महत्यावाट जोगाउनका लागि विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने बताईएको छ ।
विद्यालय स्तरमा यस्ता जनचेतनामुलक कार्यक्रम अझ प्रभावकारि रुपमा संचालन गर्न सकेमा आत्महत्या हुन बाट जोगाउन सकिने बताईएको छ । आत्महत्याको बढ्दो कारण मानसिक रोगहरुवाट हुने भएको हुँदा उनिहरुको उपचारमा विशेष धयान दिनु पर्ने हुन्छ । मानसिक रोगी भएका विरामिलाई उपचार गर्ने विधि लगायतका विषयमा जानकारि गराईएको छ ।
आत्महत्याका कारण समाजमा धेरै रहेको भएपनि यस्लाई न्यूनिकरण गर्नका लागि सबैले जनचेतना जोगाउन आवश्यक रहेको वडा अध्यक्ष नहकुल संज्यालले बताउनु भयो । गरिब दुखिले मात्र नभएर सम्पन्न परिवारले पनि बढि आत्महत्या गर्ने बताउनु भयो । कोहि कसैले आत्महत्या गर्न लागेको थाहा पाएमा डाक्टर र मनोसामाजिम कर्ताको सम्पर्क ल्याउनु पर्ने संज्यालले बताउनु भयो ।
वडा नं ६ का वडा अध्यक्ष नहकुल संज्यालको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विषयगत शाखाका प्रमुखहरु स्वास्थ्य कर्मि महिला स्वास्थ्य स्वयमसेविका लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array