कालिकोट ः
सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले अस्पतालमा बेडमा उपचार गराईरहेका विरामीसँग भेटघाट गर्नु भएको छ । आज कर्णाली प्रदेसको राजधानीमा रहेको प्रदेस अस्पतालमा उपचार गराईरहेका विरामीलाई भेटघाट गर्नु भएको हो ।
सुर्खेत पुग्नु भएका अध्यक्ष केसीले विरामीलाई सान्तवना दिनका लागि भएपनि आज अस्पतालको बेडमै उनिहरुसँग भेटघाट गरेको र उनिहरुको स्वास्थ्य अवस्था वारे जानकारी लिई स्वास्थ्य लाभको कामना गरेको केसीले बताउनु भयो । आफ्ना जनता विभिन्न रोगहरुवाट ग्रसीत भई अस्पतालको वेडमा रहेको वेला उनिहरुलाई स्थानिय सरकार जनताको साथमा छ भन्ने आशा जोगाउनका लागि भनेर आज भेटघाट गर्न पुगेको केसीले बताउनु भयो ।
भेटघाट पछि उहाँले गरिव विपन्न वर्गहरुको सहज रुपमा स्वास्थ्य सेवा लिन सहज होस भनेर सान्नी त्रिवेणी गाउँपालिकामा स्वास्थ्य विमाको व्यवस्था गरिने समेत बताउनु भयो । पैशा नभएर उपचार गर्न नपाएका विपन्न परिवारलाई सहजताका लागि पालिकाले स्वास्थ्य विमाको व्यवस्था गर्ने बताउनु भएको छ ।
पैशाको अभावमा रोग पालेर वसेका र उपचार गर्न नपाएका गरिव विपन्न वर्गका लागि स्वास्थ्य विमा कार्यक्रम प्रभावकारी हुने भएको हुँदा स्थानिय सरकारले तत्काल स्वास्थ्य विमा कार्यक्रमको व्यवस्था गर्ने केसीले बताउनु भएको छ ।





