कालिकोट :
आज ५९ औँ राष्टिय बाल दिवस । बालवालिकामा लगानि, सुनिश्चित भविस्यको थालनी भन्ने मुल नाराका साथ देसभरि विभिन्न कार्यक्रमको आयोजना गरेर राष्टिय बाल दिवस मनाईएको छ । प्रभात फेरि सहित नाचगान गरेर सान्नी त्रिवेणी गाउँपालिकाका सामुदायिक विद्यालयले पनि राष्ट्रिय बाल दिवस मनाएका छन ।
नेपाली नारिहरुको महान चाड हरितालिका तिज नजिकियसँगै भाद्र २९ गते मनाईने राष्टिय बाल दिवसको अवसरमा प्रभातफेरि सहित नाचगान गरेर बाल दिवस मनाएका हुन । विद्यालयमा पठन पाठन मात्र नभएर सामाजिक धार्मिक तथा सास्कृतिक रुपमा पनि अब्बल बनाउनाका लागि तिज विशेष कार्यक्रम सहित आज बाल दिवस मनाईएको हो ।
संकर मावि सेरिज्यूलाले आज प्रभात फेरि सहित तिज विशेष कार्यक्रमको आयोजना गरेर मनाईएको शिक्षक खेमराज गिरिले जानकारि दिनु भयो । बाल बालिकाको हक अधिकारका कुरा सँगै तिज विशेषको अबसर पारेर सास्कृतिक कार्यक्रमको आयोजना गरिएको गिरिले बताउनु भयो ।
यस्तै कालिका मावि डाडाखेतले पनि भव्यताका साथ राष्टिय बाल दिबस तथा तिज विशेष कार्यक्रम मनाएको छ । सन्देसमुलक गितहरुमा देउडा सहित नाचगान गरेर दिवस मनाएको शिक्षक टोपराज बमले जानकारि दिनु भयो । यस्तै पालिकाको मुटुको रुपमा रहेको पंचदेवल माद्यामिक विद्यालयले पनि भव्यतााका साथ ५९ औ राष्ट्रियबाल दिवस मनाएको छ ।
प्रभात फेेरि सहित विभिन्न कार्यक्रमको आयोजना सहित बाल दिबस मनाईएको शिक्षक उदयराज शााहिले जानकारि दिनु भयो । पालिकाका अन्य सामुदायिक विद्यालयहरुले पनि विभिन्न कार्यक्रमको आयोजना गरेर ५९ औँ राष्ट्रिय बाल दिवस मनाएका छन ।





