अभियान सँगै माओवादी केन्द्रले थाल्यो श्रमदान ।।

कालिकोटः
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने मूल नाराका साथ भदौ १६ देखि सञ्चालनमा आएको अभियानले सान्नी त्रिवेणी गाउँपालिकामा विकास निर्माणका काममा समेत सहभागिता जनाउन थालेको छ । माओवादी केन्द्रका नेताहरू गाउँ पसेसँगै विकास निर्माणका कार्यमा सहभागिता जनाउन थालेका छन । श्रमदान गर्ने पार्टीको नीति अनुसार माओवादी केन्द्रका नेता, कार्यकर्ताहरूले श्रमदानमा जोडिएर सडक बनाउन थालेका हुन ।
अभियानका कालिकोट जिल्ला ईन्चार्ज टेक बहादुर बस्नेतको नेतृत्वमा आज सान्नी त्रिवेणी गाउँपालिकामा श्रमदान गरिएको छ । गाउँपालिका देखि मुम्रा जोड्ने सडकको सल्लेणी भन्ने ठाउँमा श्रमदान गरेर सडक बनाएको माअ‍ोवादी केन्द्र सान्नी त्रिवेणीले जनाएको छ । पानिको मुहान नजिकै रहेको र पानीले माटो बगाएर सडक हिलाम्मे भएको ठाउँमा आज ढुंगाको खडेन्ची हालेर सडक मर्मत गरेको गाउँ कमिटि अध्यक्ष र्हक बहादुर ऐडी(तिर्थ)ले जानकारी दिनुभयो । श्रमदान गर्ने पार्टीको निति अनुसार आज सान्नी त्रिवेणी गाउँपालिकामा श्रमदानमा जुटेको जिल्ला ईन्चार्ज बस्नेतले बताउनु भयो ।
हरेक नागरिक श्रममा नजोडिए सम्म विकास सम्भव नहुने भन्दै यसको सुरुवात माओवादीले केन्द्रले गर्ने र सान्नी त्रिवेणी गाउँपालिकामा आजवाट सुरु गरिएको उहाँले बताउनु भयो । “श्रममा नजोडिएर विकास सम्भव छैन”, उहाँले भन्नुभयो, “घर अगाडिको सानो खाल्डो पनि सरकार आएर वा अन्य कुनै जनप्रतिनिधि आएर पुरिदेओस् भन्ने मानसिकताले देशको विकास हुँदैन, सबैले आ–आफ्नो ठाउँबाट सार्वजनिक रूपमा श्रम गर्न आवश्यक छ ।”
आज पालिकामा सुरुवात गरिएको र अव प्रतेक वडामा गएर एक एक दिन श्रमदान गर्ने अभियानका पालिका ईन्चार्ज लक्ष्मि प्रसाद चौलागाईले बताउनु भयो । उहाँले यो अभियानले पार्टी रुपान्तरण मात्र नभएर श्रम गरेर एक नयाँ शन्देस दिन खाजेको बताउनु भयो । पार्टी अव सामाजिक विकास सँगै गरिव विपन्नहरुको घरमा समेत गएर श्रम गर्ने सँधै जनताको साथमा रहने बताउनु भयो । उहाँले यो ३ महिनाको विचमा मानिसले गर्न सक्ने कामहरुमा पार्टीका नेता कार्यकर्ताहरुले श्रम गर्ने समेत बताउनु भएको छ ।
श्रम गरेर कोहि पनि सानो हुँदैन फजुलमा समय खेर फाल्नु भन्दा सामाजिक कार्यमा समय खर्चनु उपलब्धीमुलक हुने मओवादी केन्द्रका नेता तथा सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष महेस केसीले बताउनु भयो । उहाँले विकास निर्माण गर्ने जिम्मा सरकारको मात्र नभएर सबै पार्टी र निकायले हाम्रो पनि हो भन्ने सोचेर महिनामा एक एक दिन यसरी श्रमदान गर्ने हो भने विकास कुर्न नपर्ने बताउनु भयो ।
श्रमदानमा अभियानका जिल्ला ईन्चार्ज टेक बहादुर वस्नेत, पालिका ईन्चार्ज लक्ष्मि प्रसाद चौलागाई, गाउँपालिका अध्यक्ष तथा नेता महेस केसी, प्रदेस कमिटि सदस्य देवनारायण संज्याल, वडा नं. ६ का वडा अध्यक्ष नहकुल संज्याल, ४ का देवनाथ योगी, यूवा नेता नरेस शाही, गाउँ कमिटिका पदाधिकारी, वडा कमिटिका पदाधिकारी, विभिन्न संघ संगठनका पदाधिकारी लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array