नेपालद्वारा स्कटल्यान्ड २ विकेटले पराजित

नेपालले तीनदेशीय ट्वान्टी–२० शृंखलामा मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ । नेपालले ९८ रनको झिनो लक्ष्य ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ बलअगाडि पूरा गरेको हो ।

अघिल्लो दिनको तुलनामा विकेट ब्याटिङका लागि निकै कठिन बनेको थियो । नेपालले ७ चौका मात्र प्रहार गरेको थियो । स्कटल्यान्डले पनि ६ चौका र २ छक्कामात्र प्रहार गर्न सकेको थियो । सानो लक्ष्यमा पुग्न नेपालले निकै संघर्ष गर्नु परेको थियो ।

सानो स्कोरको लक्ष्य लिएर आएको नेपालको पनि सुरुआत राम्रो हुन सकेन । लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए । ९ रन बनाएका उनलाई ब्रान्डन म्याकमुलेनले आउट गरे । ज्याक जार्भिसले अनिल साह ३ रनमा र साफ्यान सरिफले कप्तान रोहित पौडेललाई ७ रनमा बोल्ड गरे ।

लामो समय क्रिजमा टिकेका ओपनर कुशल भुर्तेलले ३५ बल खेलि ४ चौकासहित ३० रन बनाए । उनलाई मार्क वाटले एलबीडब्लु आउट गरे । दीपेन्द्रसिंह ऐरी २१ बल खेलि कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए ।

माइकल लिस्कले सानदार रिर्टन क्याचमा बसिर अहमदलाई १३ रनमा आउट गरे । रुपेश सिंह ३ रनमै आउट भए । अन्तिम ओभरमा नेपाललाई विजयका लागि ४ रन चाहिन्थ्यो । किरण ठगुन्ना र करण केसीले पहिलो ३ बलमा १–१ रन लिएपछि स्कोर बराबरी भएको थियो । तर चौथो बलमा ठुलो शट खेल्नेक्रममा किरण १० रन बनाई आउट भए ।नयाँ आएका ब्याटर सन्दीप लामिछानेले १ रन जोड्दै नेपाललाई जिताए । करण ३ रनमा अविजित रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array