रारामा पर्यटक भित्र्याउन सङ्घीय सरकारको चासो, पर्यटन विकाससँगै पदमार्गको योजना ।।

रारामा पर्यटक भित्र्याउन सङ्घीय सरकार लागिपरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेटेर रारामा पर्यटक भित्र्याउने योजना राखिएको हो । पर्यटन विकाससँगै पदमार्गको योजना ल्याइएको छ । पूर्वाधार निर्माणसँगै प्रचार–प्रसारको योजना बनाइएको छ । सरकारले कर्णालीका पर्यटकीय स्थललाई आफ्नो बजेटमा समावेश गरेको छ ।

आगामी आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटमा समेटेर पर्यटन प्रवर्धनको योजना ल्याएको हो । सरकारले आगामी वर्षमा कार्यान्वयन गर्नेगरी दर्जन बढी योजना ल्याएको छ । जसमा कर्णालीको प्रमुख पर्यटकीय स्थल रारालाई पर्यटन पदमार्गदेखि पदयात्रासम्मको योजनामा राखिएको छ । सरकारले रारामा पर्यटन पदमार्ग विकास गर्नुका साथै बर्दिया–रारा पदयात्रा सुरुवात गर्ने जनाएको छ । पर्यटकीय सम्भावनाको प्रचुर सम्भावना रहेको रारामा अपेक्षित रूपमा पर्यटक भित्र्याउन सकिएको छैन । तीन तहका सरकारको प्राथमिकतामा पर्दै आइरहेको छ ।

अहिले भने सङ्घीय सरकार राराको प्रचारमा लागेको छ । आफ्नो बजेट भाषणमा प्राथमिकताका साथ यो योजना राखिएको हो । भौगोलिक रूपमा विकट स्थानमा रहेकाले पदमार्ग निर्माण नै पूर्वाधारको पहिलो खुड्किलो मानिन्छ । केही सामान्य पूर्वाधारको काम भने भएका छन् । ती पूर्वाधार पर्याप्त नहुँदा त्यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटकले सास्ती खेप्दै आएका छन् । पर्यटक त्यहाँ पुग्दा स्थानीयले पर्याप्त आर्थिक लाभ लिन सकेको छैन । अहिले सङ्घीय सरकारले नै पदमार्गदेखि पदयात्राको योजना बनाएको छ । यसले राराको पर्यटन विकासमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, कर्णाली प्रदेश सरकारले पनि आगामी आर्थिक वर्षमा पर्यटन प्रवर्धनका कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षमा कार्यान्वयन गर्नेगरी पर्यटन योजना समावेश गरेको हो । प्रदेश सरकारकै लगाानीमा रारामा केही पूर्वाधारको काम थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array