चीनले गर्‍यो, इरान र इजरायलमा रहेका ७०० भन्दा धेरै चिनियाँ नागरिकको उद्धार

चिनले इरान र इजरायलमा रहेका ७०० भन्दा धेरै चिनियाँ नागरिकहरुको उद्धार गरेको छ । चिनियाँ विदेशमन्त्रीले आफ्ना नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको र थप १ हजार जनालाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिर सार्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

उद्धार प्रक्रिया सुरु गरेको छ । चिनियाँ समाचार सेवालाई उदृत गर्दै अलजजिराले बेइजिङले इरानबाट चिनियाँ नागरिकहरूको उद्धार सुरु गरेको उल्लेख गरेको छ । इरान-इजरायल युद्दमा अहिलेसम्म चिनियाँ नागरिकलाई कुनै क्षति नपुगेको पनि अलजजिराले उल्लखे गरेको छ ।

यसअघि चिनियाँ समाचार सेवालाई उदृत गर्दै अलजजिराले बेइजिङले इरानबाट चिनियाँ नागरिकहरूको उद्धार सुरु गरेको उल्लेख गरेको छ । चिनियाँ नागरिकहरू मंगलबार स्थलमार्ग हुँदै तेहरानबाट तुर्किमिनिस्तानका लागि हिँडेका थिए । सीमापार भएकाहरुलाई चीनले क्रमश: ल्याउने तयारी थालिसकेको छ । भारतले पनि म‌ंगलबारदेखि इरानमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेर विद्यार्थीहरुलाई इरानभित्र सुरक्षित स्थानहरूमा सारिएको र नयाँ सम्भावित विकल्पहरूको समेत अध्ययन भइरहेको जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array