इजरायली आक्रमणमा इरानको न्युक्लियर सेन्टरमा क्षति

अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए)का अनुसार इजरायली आक्रमणमा इरानको खोन्डब हेभी वाटर रिसर्च सेन्टरका कैयौं संरचना क्षतिग्रस्त बनेका छन् ।यसमा डिस्टिलेशनको काम हुने युनिटको संरचना पनि ध्वस्त भएको बताइएको छ ।

 

एजेन्सीले एक्समा एक पोस्ट गर्दै यसको जानकारी गराएको हो ।यस्तै एजेन्सीले आफ्नो संस्था इरानको परमाणु गतिविधिमा गरिएको टिप्पणीमा इजरायल आक्रमणसँग कुनै सम्बन्ध नभएको बताएको छ । एजेन्सीका प्रमुख राफेल ग्रसीले सीएनएनसँग अन्तर्वार्ताका क्रममा आफूहरुको रिपोर्ट कसैको सैन्य कारबाहीको आधार बन्न नसक्ने बताएका छन् ।

इरानले आईएईएको रिपोर्ट र उसको टिप्पणीका कारण इजरायललाई आक्रमणका लागि आधार तया गरेको आरोप लगाएको थियो । तर ग्रसीले यसलाई अस्वीकार गरिदिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array