राष्ट्रिय स्वतन्त्र पार्टी सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ६ को प्रथम वडा भेला सम्पन्न भएको छ । राष्टिय स्वतन्त्र पार्टीले वडा स्तरमा पनि संगठन विस्तार गर्ने र विभिन्न कमिटि बनाउने अभियान लिएको छ ।
उक्त अभियान अन्तर्गत वडा नं. ६ को वडा भेला हिजो सम्पन्न गरि नयाँ नेतृत्व चयन गरिएको रास्वपाका नेता ध्वज बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार प्रजापति संज्याल सभापति रहने गरि ११ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।
जसमा गोर्ख धामी उप सभापति, पदम धामी सचिव, कृप सावद सह सचिव, विमला संज्याल कोषाध्यक्ष रहेका छन । यस्तै सदस्यमा गोर्ख लुवार, प्रकास संज्याल, मनविरे सार्कि, रुद्र सार्की, नेत्र बहादुर कडेल, डम्बर बहादुर शाही रहेका छन ।





