कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठककाे निर्णय: आमसञ्चार विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति ।।।

आमसञ्चार विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति

कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ लाई प्रदेश सभामा पेश गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त आमसञ्चार विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति दिएको हो ।

प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेश सभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले जानकारी दिएको छ । यस्तै, बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई वार्षिक कार्यक्रम अन्तर्गत खर्च शीर्षक नं. ३७२११ को कार्यान्वयनका लागि सङ्केत नं. ७.२.७.१ अनुसारको रकम स्थानीय तहमा निकासा दिन अख्तियारी पठाउने निर्णय गरिएको छ ।

बैठकले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको रिक्त सचिव पदमा कायम मुकायम सचिवको जिम्मेवारी शेरबहादुर श्रेष्ठलाई दिएको छ । बैठकले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको रुपमा कृष्ण खराललाई खटाउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array