नमराज योगी : कालिकोट
कालिकोट –कालिकोट जिल्लाको कारागारमा रहेका कैदिबन्दिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सेवा कार्यालय कालिकोटको आयाेजनामा शनिवार ४५ जना कैदिबन्दिकाे स्वास्थ्य परिक्षण सँगै उपचार गरिएको जनाईएकाे छ ।
स्वास्थ्य सेवा व्यवस्थापक डां रत्नविर सुनारले कारागार भित्रका ४५ जना कैदिकाे स्वास्थ्य परिक्षण संगै उपचार गरिएको जानकारि दिनु भयो ।४५ जनामा अधिकांस छालाराेग, मानशिक राेगी र दमका बिरामी भेटिएको डां सुनारले बताउनु भयो ।उहाँका अनुसार पटक पटक कारागार भित्रका कैदिबन्दि हरूकाे स्वास्थ्य परिक्षण गर्नु पर्ने वताउदै स्वास्थ्य सेवा कार्यालय कालिकोटले यो अभियाा थालेेको र प्रतेक महिनामा एक दिन कारागारमै पुगेर कैदबन्दिको स्वास्थ्य परिक्षण र उपचार गर्ने गरिएको उहाँको भनाइ छ ।





