कालिकोट ।
नेपाली कम्युनिस्ट पार्टी कालिकोटबाट प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार महेन्द्र बहादुर शाहिले कालिकोटको विकास र समृद्धिका लागि पुन एक पटक निर्वाचनमा होमिएको बताउनु भएको छ । विगतमा गरेका अधुुरा अपूरा कामहरु पूरा गर्नका लागि र समृद्ध कालिकोट निर्माण गर्नका लागि आफु पुन एक पटक जनाताको माझमा आएको बताउनु भयो ।
समृद्ध कालिकोट निर्माण गर्नका लागि जिल्लाका प्रतेक बस्तिमा सडक, खोोलामा बिजुली उत्पादन , कृषकलाइ प्रोत्साहन दिई उत्पादनमा बृद्दि गर्ने र उत्पादन गरेको बस्तुको बजारिकरण गर्ने आफ्नो्नो मुख्य एजेण्डा रहेको शाहिले बताउनु भयो ।
देशकै मुख्य समस्या भनेको बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्नका लागि र र यूवाहरुलाइ गाउँमै रोजगारी सिर्जना गर्नका लागि सिपमुलक तालिमको व्यवस्था गरिने बताउनु भयो । व्यवसाय र सिपमुलक तालिमको आयोजना सहित उधोगहरु स्थापना गर्ने र रोजगारी बृद्दि गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
उहाँले कालिकोटको विकास र समृद्धि सँग जाडिएको फुुकोट कर्णाली हाइड्रोपावर , कर्णाली करिडोर, कर्णाली राजमार्ग, सुनथरालि एयरपोर्ट , मान्म कोटवाडा केबलकार, पर्यटकिय स्थलको प्रचार प्रसार सहित प्रयटकहरु भित्र्याउने कुरामा लागि पर्ने समेत वताउनु भयो ।
निर्वाचन प्रचार प्रसारका क्रममा प्रतेक पालिका र वडामा पुग्नु भएका शाहिले कालिकोटका नागरिकहरुका दुख पीडा नजिकवाट नियालेर देखेको र नागरिक दुख पिडाको अन्त्य गर्नका लागि आफु निरन्तर लागि परेको बताउनु भयो । सत्तामा गएपनि नगएपनि कालिकोटका नागरिकहरुको जीवन स्तर परिवर्तन गर्नका लागि आफु निरन्तर रुपमा लागिपरेको बताउनु भयो ।
उहाँले कालिकोटको विकासका लागि र यहाँको नागरिकहरुको जीवन स्तर उकास्नका लागि आफुुले गरेका कामहरुको विषयमा जानकारि गराउदै केही राजनितीक दलहरुले अफवाह फैलाएको समेत बताउनु भयो । आफुुले गरेका कामहरु जनतामाझ लोकप्रिय बनेपछि बिपक्ष दलहरु अत्तालिएर आफुुमाथि झुुटा आरोपहरु लगाएको बताउनु भयो । यस्ता झुुटा आरोम र भ्रमहरुका पछि नलाग्न समेत उहाँले आग्रह गर्नु भयो ।





