रास्वपाको चुुनाब प्रचार गाडिमा मदिरा र चाामल, प्रहरीद्वारा बरामद ।।

:
रास्वपाको झन्डा राखेर चुनावी प्रचारमा हिँडेको जिपबाट प्रहरीले मदिरा र चामलसहितका सामान बरामद गरेको छ भने दुईजना पक्राउ परेका छन् ।
सोमबार बिहानै सल्यानको बन्गाड कुपिन्डे नगरपालिका-१ सल्लीबजारबाट चालक र जिपमा सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सल्लीबजारबाट सामान लिएर खैरागारतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपका चालक सिद्धकुमाख गाउँपालिका-४ बस्ने २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सामान लिएर जाने ३७ वर्षीय मोहन बीसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 
जिपमा निर्वाचनलक्षित चामल, खानेतेल र मदिराका कार्टुन लिएर गएको आशंकामा चालकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले बताए । उनका अनुसार जिपबाट २५ केजीका दुई बोरा चामल, गोली डायमण्ड लेखिएको सात कार्टुन मदिरा, दुई कार्टुन रकस्टार बियर र तीन कार्टुन खानेतेल बरामद भएको छ ।
रास्वपाका नगर सभापति लोकेन्द्र ओलीले गाडीमा लोड गरिएको सामग्री स्थानीय व्यापारीको रहेको दाबी गरे ।
By: ekantipur.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array