साँघुरिदै मान्म बजार

मानबहादुर बिश्वकर्मा

३ साउन, कालीकोट । बढ्दो बजारको भौतिक संरचनाका कारण सदरमुकाम मान्म बजार साँगुरीदै गइरहेको छ । बजार साँगुरो हुदैजादा सवारी साधनको लाम लाग्ने गरेको छ ।

पछिल्लो समय मान्म बजारमा धमाधम भौतिक संरचना निर्माण गर्दा केही त साँगुरो सडक त्यसैमा निर्माण सामग्री जथाभावी राख्दा सवारी जाम लाग्न थालेको हो ।

ढलको निकास देखी पानीको लाइन हुदै अस्तव्यवस्त बन्दै गएको मान्म बजारको व्यवस्थापनमा नत अघिल्लो सरकाले देख्यो, नत नयाँ सरकारले । नगरपालिका निरिह देखिएको छ । मान्म बजारको ढल निकासका लागि नाली नहुँदा मान्म बजारका पसलहरु डुवानमा परेका छन् । वर्षाको ढलले घरमा पानी पसेर लाखौंका सामाग्री डुवानमा परेका छन् ।

यस विषयमा नगरपालिका र प्रशासन भने मौन रहेको स्थानिय बजारवासीहरुले गुनासो गरेका छन् । वर्षाको ढलले मालिका ग्यालोरी लगायतका पसलहरुमा क्षती पुगेको छ । राति ढल पसलमा छिरेर मोवाइल लगायतका खाध्यान्न सामग्री भिजेर क्षती पुगेको पीडित मनराज सिम्खाडाले गुनासो गरेका छन् ।

स्थानिय सरकार आएको पाँच वर्षमा पनि अघिल्लो सरकारले अस्तव्यस्त मान्म बजारको व्यवस्थापन गर्न नसकेको स्थानिय ठम्म आर्चायले बताए । उनले भने, “पाँच वर्ष बित्यो फेरी पनि नयाँ आएको सरकारले पनि बेमतलब गरेको छ, बजार बेवास्तामा परेको छ ।
चुनावका बेला झुटा आश्वासन देखाएर भोट दियौं अहिले मेयर कता छन ? के गर्छन् थाहा छैन, हाम्रो समस्या जिउका तिउ छन्, आचार्यले गुनासो गरे । सदरमुकाम जस्तो बजार अस्तव्यस्त देखिनु नगरपालिका र प्रशासनको बेवास्ता रहको स्थानिय मिठु शाहीले बताइन् ।

नगरपालिकाको काम के हो ? तलवभत्ता मात्र खाने जन्ताको रमिता हेरुन् भनेर जनप्रतिनिधिलाई जिताएर पठाएको हैन । विकास निकास गर्नको लागि जिताएर पठाएको हो । बिडम्वना नत अघिल्लो सरकारले हेर्यो न अहिलेको नयाँ सरकारले अस्तव्यस्त मान्म बजार जस्ताको तस्तै छ । ढल निकास नहुँदा घर, पसलमा पानी पसेर लाखौंको धनमालमा क्षती भएको छ । यसको जिम्मा नगरपालिकाले दिनु पर्ने शाहीले बताइन् ।

मान्म बजारका विद्युतका तार छाडा रुपमा जोखिमयुक्त सँगै पानीका पाइपहरु विद्युतका पोलबाट सप्लाई, ढल निकासका लागि नाली नहुँदा मुख्य बजारमा जोखिम बढ्दै गएको स्थानिय भुपेन्द्र मल्लले बताए । नगरपालिकाले यसको तत्काल व्यवस्था गर्न नसके बजारीवासीहरुले समस्या समाधानका लागि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएकाछन् ।

यस विषयमा खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाहीले ढल निकासका लागि प्राविधिक स्टेमेड बनाइसकेको बताएका छन् । यसको लागि तत्काल काम सुरु गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array