भदोै ४ र ५ गते प्रदेश राजधानी सुर्खेतमा दलित युवा सम्मेलन हुँदै

मानबहादुर बिश्वकर्मा

२० साउन, कालीकोट । आगामी भदौ ४ र ५ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा जात ब्यबस्था अन्त्यका लागि दलित युवा सम्मेलन हुँने भएको छ ।

लामो समयदेखि जात ब्यवस्था अन्त्यका लागि आवाज उठाउँदै आइरहेको समता फाउण्डेशनको आयोजना र युथ नेटवर्क नेपालको सहकार्यमा दलित युवा सम्मेलन हुँने भएको हो ।

दलित समुदाय लाई थप सशक्त बनाउन पहिलो पटक “कर्णाली दलित युवा सम्मेलनको आयोजना गरिएको आयोजना संस्थाले बताएको छ । आगामी भदौ ४ – ५ गतेसम्म सञ्चालन हुने सो सम्मेलनले प्रदेशका दलित युवाले गरेका प्रयास र पहललाई थप सशक्त बनाउन पहल गरिने बताइएको छ ।

दुई दिनसम्म सञ्चालन गरिने दलित युवा सम्मेलनबाट राजनीतिक विषयमा छलफल गर्दा राजनीतिक दललाई नेपालको संविधानबमोजिम समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चितताप्रति जिम्मेवार र जवाफदेही बनाउन दलित युवाको सक्रियतामा राजनीतिक दललाई अपिल समेत गरिने छ ।

त्यसैगरी सम्मेलनले दलित समुदायको अधिकार सुनिश्चितताका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सम्बन्ध विस्तार गरी संयुक्त राष्ट्रसंघलाई जातीय विभेदका आधारमा हुने सबै प्रकारका विभेद तथा छुवाछूतजन्य व्यवहारलाई छुट्टै अन्तर्राष्ट्रिय समस्याका रुपमा लिई सम्बोधन गर्न र नयाँ संयन्त्र निर्माण गर्न पहल गर्ने निर्णय समेत गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

कर्णाली प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दै अहिले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेतमा बसोबास गर्दै आइरहेका ब्यक्तिले सम्मेलनमा सहभागी हुन इच्छुक दलित युवालाई आवेदन दिन आव्हान समेत गरिएको छ ।

फारम भर्ने लिङ्क:

https://forms.gle/7RM2ZBpZfDAj1YeJ8

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array