कालिकोट
सान्नी त्रिवेणि गाउँपालिकाले स्थानिय तह संस्थागत क्षमता स्वमुल्याङ्कन सम्बन्धि नतिजा पालिकाको वेबसाइटमा सार्वजनिक गरेको छ । सान्नी त्रिवेणि गाउँपालिकाको आ.व. २०७८/०७९ को संस्थागत क्षमता स्वमुल्याङ्कन गरि यहि पौष २० गते बसेको कार्यापालिकाको वैठकले अनुमोदन गरेपछि आज वेबसाइडमा सार्वजनिक गरिएको सुचना प्रविधि अधिकृत प्रकाश बरालले जानकारि दिनु भयो ।
जिल्ला समन्वय समिति कालिकोटका निमित्त समन्वय अधिकारी तिलक प्रसाद आचार्य, प्रशिक्षक धन बहादुर महतारा, गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि, उपाध्यक्ष पार्वति शिंह संज्याल, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत नेत्र राज शाहि, लेखा अधिकृत परेक बहादुर बुढा , सुचना प्रविधि अधिकृत , विषयगत शाखाका प्रमुख र अन्य सहभागी कर्मचारिहरुको उपस्थितिमा पालिकाको संस्थागत क्षमता स्वमुल्याङ्कन सम्बन्धि नतिजा पालिकाको वेबसाइडमा सार्वजनिक गरेको हो ।
पालिकाले गरेका हरेक कामहरुको प्रतिफत सन्तोषजनक रहेको प्रमुख प्रशासकिय अधिकृत नेत्र राज शाहिले बताउनु भयो । पालिकाले संस्थागत रुपमा गर्नु पर्ने कामहरु सफलता पुर्वक गर्दै आएको र आगामि दिनहरुमा उक्त कार्यहरुलाई थप प्रभावकारि रुपमा लैजाने शाहिले बताउनु भयो ।
आफुहरु नयाँ जनप्रतिनिधि भएकाले यसवाट थुप्रै सिकाई भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । पालिकालाई प्रभावकारि रुपमा चलाउनला लागि शुशासन नै आबश्यक पर्ने भएको हुदा शुशासनको पाटोलाई थप प्रभावकारि वनाएर लैजान आग्रह गर्नु भयो । पालिकाले प्रतेक आर्थिक वर्षमा गर्नु पर्ने कामहरुको बारेमा समेत जानकारि भएको बताउनु भयो । उहाँले अब सान्नी त्रिवेणि गाउँपालिालाई शुशानयूक्त पालिका बनाउने प्रतिबद्दता समेत जनाउनु भयो ।





