प्रहरी र गाउँपालिकाको समन्वयमा लोकल मदिरा नष्ट ।।

कालिकोट
प्रहरी चौकि मेहलमुडिमा सरुवा भएर आउनु भएका प्रहरी सहायक निरिक्षक तिलक बहादुर डागिले लोकल मदिरा नष्ट गर्ने अभियान थाल्नु भएको छ । सान्नी त्रिवेणि गाउँपालिकाको समन्वय र प्रहरी चौकि मेहलमुडिको आयोजनामा पालिकामा रहेका होटल पसलमा रहेको मदिरा नष्ट गर्न थालेको उहाँले बताउनु भयो । पालिकामा मदिरा खाएर हो हल्ला बढेपछि आएको पहिलो दिनमानै मदिरा नष्ट गर्न थाल्नु भएको हो । आज मात्र पालिकामा रहेका होटल वाट १० लिटर लोकल मदिरा बरामत गरि जनप्रतिनिधि पत्रकार र स्थानियको रोहबरमा नष्ट गरिएको छ । आज शनिवार भएर होटल पसल बन्द रहेको अबस्थामा कमै मात्रामा मदिरा बरामत गरेको प्रहरी सहायक निरिक्षक डागिले बताउनु भयो । सान्नी त्रिवेणि गाउँपालिकाको सान्ति सुरक्षा अमन चयनका लागि आफु कानुनि रुपमा अगाडि बढ्ने र कोहि कसैको पनि प्रलोभनमा नपरि काम गर्ने बताउनु भयो ।
यो पनि पढ्नुहोस !

सान्नी त्रिवेणि गाउँपालिकाले गर्यो प्रहरी सहायक निरिक्षक डागिलाई स्वागत ।।

सान्नी त्रिवेणि गाउँपालिकाले प्रहरी सहायक निरिक्षक तिलक वहादुर डागिलाई स्वागत गरेको छ । प्रहरी चौकि मेहलमुडिमा सरुवा भएर आउनु भएका डाँगिलाई आज गाउँपालिका अध्यक्ष, वडा नं ४ का देव नाथ योगि ,५ का रामराज बम ६ का नहकुल संज्याल ,७ का जय प्रसाद सिम्खाडा ९ का अध्यक्ष नरपति तिरुवा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि लेखा अधिकृत परेक बुढा रेडियो सान्नी त्रिवेणिका स्टेसन म्यानेजर रुकुम योगि लगायतको सहभागितामा डाँगिलाई स्वागत गरिएको हो । कोहि कसैको पनि लोभ प्रलोभनमा नपरि कानुन अनुसार काम गर्न गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले आग्रह गर्नु भयो । उहाँले कोहि कसैलाई आखा पाखा नगरि सहि तरिकाले सेवा दिन आग्रह गर्दै पालिकाले र आफुले गर्नु पर्ने सहयोग गर्न तयार रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array