विपदमा सुरक्षित विद्यालय सञ्चालन सम्वन्धि प्रधानाध्यापकहरुलाई अभिमुखीकरण ।।

विपदमा सुरक्षित विद्यालय संचालन सम्वन्धि प्रधानाध्यापकहरुलाई १ दिने अभिमुखीकरण कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिकामा रहेका सम्पुर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको सहभागितामा अभिमुखीकरण गोष्ठि सम्पन्न भएको हो । सान्नी त्रिवेणी गाउँपालिका शिक्षा शाखा प्रमुख मोहनविर धामीको अध्यक्षतामा संचालन भएको गोष्ठिमा यूनिसेफ नेपाल नेपालगंजका फिल्ड अफिसर पसुराम पन्तले प्रशिक्षण दिनु भएको थियो । यूनिसेफ नेपालको सहयोग तथा सान्नी त्रिवेणी गाउँपालिकाको आयोजनामा अभिमुखीकरण गोष्ठि सम्पन्न भएको हो । विपदको समयमा विद्यालय क्षेत्रलाई कसरी सुरक्षित बनाउन सकिन्छ, विद्यालयमा अध्ययनरत वालवालिकाको सुरक्षा कसरी गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराइएको हो । वालवालिकाको अध्ययनमा विपदको प्रभाव पर्न नदिनका लागि के कस्ता उपाय अपनाउन सकिन्छ र विपदवाट विद्यार्थिको पठन पाठनमा समस्या आउन नदिनका लागि यो अभिमुखकिरण गोष्ठिको आयोजना गरिएको शिक्षा शाखा प्रमुख मोहनविर धामीले बताउनु भयो । विद्यालय क्षेत्र भित्र विपदवाट जोगाएर सुरक्षित तरिकाले अध्ययन गर्ने कुराहरुको सिकाई भएको सहभागी प्रधानाध्यापकहरुले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array