नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न अध्यक्ष केसीको निर्देशन ।।

कालिकोट :
गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले नागरिकहरुलाई सहज रुपमा सेवा प्रदान गर्न निर्देशन दिनु भयो । उहाँले जनप्रतिनिधिले निति नियम बनाउने र त्यसको कार्यान्वयन गर्ने निकाय कर्मचारी भएको हुँदा कर्मचारीले आफ्नो भुमिकामा रहेर काम गर्नु पर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी विच समन्वयात्मक बैठक कार्यक्रममा यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, कर्मचारी र जनप्रतिनिधि विच एकता हुन आवश्यक छ । संघर्ष नगरी सफल्ता प्राप्त गर्न सकिदैन । कर्मचारीले एक आपसमा गुट उपगुट गर्नु हुदैन । कुनै पनि काममा राजनितिक  पुर्वाग्राही नराखी समान तरिकाले नियम कानुन सम्मत नागरिकहरुलाई सेवा दिनु पर्ने बताउनु भयो ।
उहाँले पालिकाको विकास र समृद्धि भौतिक योजनाले मात्र नहुने बताउदै पालिकाले प्रदान गर्ने सेवामा समेत जोडिएको बताउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारी विच डुंगा र राजिको सम्वन्ध बनाई सान्नी त्रिवेणी गाउँपालिकालाई समृद्ध पालिका बनाउनु पर्ने बताउनु भयो ।
कर्मचारी र जनप्रतिनिधिको तालमेल मिल्न नसकेमा समग्र यहाँका नागरिकहरुलाई असर पर्ने बताउदै उहाँले कए आपसमा समन्वय, सहकार्य र निर्देशनको पालना गरि अघि बढ्नु पर्ने बताउनु भयो । उहाँले उपभोक्ता समिति वनाउँदा सर्वसहमतिमा बनाउनु पर्ने बताउदै कसैको डर धम्कीमा नपरी पुर्वाग्रह नराखी गठन गर्न समेत निर्देशन दिनु भयो । कर्मचारीहरुले अनुशासन, समय, पोषाकको विषेश ख्याल राख्न समेत आग्रह गर्नुभयो ।
सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्धिका लागि जनप्रतिनिधिको मात्र नभएर कर्मचारीको ठूलो भुमिका रहेको उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । हामी जनप्रतिनिधि पाँच वर्षका लागि हौँ तपाईहरु भनेको लामो समय सम्मका लागि रहने भएको हुँदा जनप्रतिनिधिले गरेका निर्णयलाई कार्यान्वयन गरि सर्व सुलभ र छिटो छरीतो रुपमा सेवा प्रदान गर्नु पर्ने बताउनु भयो ।
उहाँले आर्थिक रुपमा कोही कसैले पनि लोभ नदेखाउन आग्रह गर्दैै सहि तरिकाले काम गर्न समेत आग्रह गर्नुभयो । पालिकामा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गर्ने बताउदै कार्यालयमा नआई तलब भत्ता खाने कर्मचारीको विषयमा समेत पालिकाले कार्वाही गर्ने शिंहले बताउनु भयो ।
यस्तै लेखा अधिकृत परेक बहादुर बुढाले आफुले यस पालिकालाई सुन्य वेरुजुमा झार्ने अभिप्रायले काम गरिरहेको हुँदा यसमा कर्मचारी र जनप्रतिनिधिले साथ दिन आग्रह गर्नुभयो । उहाँले खरिद आदेसको प्रक्रिया, राजश्व संकलन, वजेट निर्माण तथा अर्च शिर्षक, लगायतका विषयमा समेत जानकारी गराउनु भएको थियो । उहाँले कुनै पनि योजना तथा कार्यक्रमको कानुन र प्रक्रीयाअनुसारको कागजाग नहुँदा सम्म भुक्तानि नदिने बताउदै कामलाई प्रक्रिया र प्रभावकारीतामा ध्यान दिन आग्रह गर्नुभयो ।
यस्तै वैठकमा वडा सचिव विषयगत शाखाका प्रमुखहरुले समस्या उपलब्धी र जिज्ञासाहरु समेत राख्नु भएको थियो । गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा संचालन भएको बैठकमा गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल सम्पुर्ण वडा अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही, लेखा अधिकृत परेक वहादुर बुढा वडा सचिव, विषयगत शाखाका प्रमुखहरु लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array