अखिल क्रान्तिकारि कालिकोटले गर्यो जनचेतना बहुमुखी क्याम्पसमा ईकाई कमिटि गठन ।।

कालिकोट ;
नेकपा माओवादि केन्द्रको विद्यार्थि भातृ संगठन अखिल क्रान्तिकारीले जनचेतना बहुमुखी क्याम्पसमा इकाई कमिटि गठन गरेको छ । स्ववियू निर्वाचनको मिति नजिकियसँगै अखिल क्रान्तिकारीले क्याम्पसमा पुगेर इकाई कमिटि गठनलाई पनि तिव्रता दिन थालेको छ ।
अखिल क्रान्तिकारी सान्नी त्रिवेणी गाउँ कमिटिका ईन्चार्ज तथा प्रदेस कमिटि सदस्य कलम बहादुर बमको अध्यक्षतामा संचालन भएको भेलाको प्रमुख अतिथि नेकपा माओवादि केन्द्र सान्नी त्रिवेणी गाउँकमिटिका अध्यक्ष तथा पालिका अध्यक्ष मोहन बहादुर केसी महेस रहनु भएको थियो भने विशिष्ट अतिथिमा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य मनशिंह शाही रहनु भएको थियो । यस्तै अतिथिमा जिल्ला उपाध्यक्ष हिक्मत शिंह, कोषाध्यक्ष पार्वति संज्याल जिल्ला कमिटि सदस्य अरुण केसी लगायतका विद्यार्थि नेताहरुको सहभागिता रहेको थियो ।
आज वसेको भेलाले बालाराम संज्यालको अध्यक्षतामा २१ सदस्यीय ईकाई कमिछि गठन गरेको हो , जसमा उपाध्यक्ष गिता शाही, अजुरा सार्कि,बसन्त सिम्खाडा, दुर्ग सार्कि सचिवमा प्रेम सार्कि, सहसचिव अम्बिका उपाध्याय, कोषाध्यक्षमा बिमला देवकोटा रहने गरि २१ सदस्यीय ईकाई कमिटि गठन गरिएको बताइएको छ ।
भेलामा वोल्दै प्रमुख अतिथि मोहन बहादुर केसीले चयन भएको नयाँ पदाधिकारीलाई सफल्ताको शुभकामना दिदै संगठनको हितका लागि र विद्यार्थिको हक अधिकारका लागि आवाज उठाउन आग्रह गर्नुभयो । उहाँले स्ववियूको निर्वाचनको मिति नजिकिदै गर्दा स्ववियू निर्वाचनमा अखिल क्रान्तीकारी विजयी हुने हिसावले संगठनलाई वलियो बनाउन समेत आग्रह गर्नुभयो ।
यस्तै विशिष्ट अतिथि मनशिंह शाहीले कालिकोटका सबै क्याम्पमा अखिल क्रान्तीकारीले स्ववियू निर्वाचन जित्ने विद्यार्थिको हक हितका लागि काम गर्ने बताउनु भयो । उहाँले विभिन्न समयमा विद्यार्थिको माग पुरा गर्नका लागि अखिल क्रान्तीकारीले आवाज उठाउदै आएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array