कालिकोट
नेपाल कम्यूनिष्ट पार्टि माओवादि केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले फागुन १ गते भव्य रुपमा जनयूद्ध दिवस मनाउने भएको छ । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको दिनको सम्झनामा माओवादिले प्रतेक वर्ष जनयूद्ध दिवस मनाउदै आएको छ ।
यो बर्ष पनि फागुन १ गतेका दिन भव्य रुपमा जनयूद्ध दिवस मनाउने नेकपा माओवादि केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले जनाएको छ । सान्नी त्रिवेणी गाउँ कमिटिका अध्यक्ष महेश केसीको अध्यक्षतामा वसेको गाउँ कमिटिको बैठकले फाल्गुन १ गते भव्य रुपमा जनयूद्ध दिवस मनाउने निर्णय गरेको हो ।
राजतन्त्र फालेर संघिय लोकतान्त्रीक गणतन्त्र ल्याउन नेकपा माओदि शक्तिशाली नयाँ शक्तिका रुपमा उदय भएको थियो । त्यसको १० वर्ष महान बलिदानपुर्ण युद्ध गरेर क्रान्तिकारी कार्तिमान कायम गरेको थियो । त्यस जनयूद्धले सामन्ती अधिनायक वादी राजतन्त्रका जरा खल्वलाउने काम गरेको थियो ।
देशमा गणतन्त्र स्थापना गर्नका लागि, राजतन्त्र ढाल्नका लागि र संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्नका लागि जनयूद्ध सुरु गरेको दिनको सम्झनामा हेरक वर्ष फागुन १ गते माओवादिले जनयूद्ध दिवस मनाउदै आएको छ । त्यसै दिनको सम्झनामा माओवादि केन्द्र सान्नी त्रिवेणी गाउँ कमिटिले पनि भव्य रुपमा दिवस मनाउने निर्णय गरेको हो ।
१० वर्षको जनयुद्धमा रगतमा होली खेलेर आज संघिय लोकतान्त्रीक गणतन्त्र स्थापना गर्न सफल भएको प्रदेस कमिटि सदस्य मिठ्ठु बम शाही (सैलजा) ले बताउनु भयो । राजतन्त्र ढाल्न कुनै सरलता थिएन । उहाँले भन्नुभयो, हजारौ नेपालीहरुले आफ्नो वलिदान दिएका छन । त्यसको फलस्वरुप आज गाउँ गाउँमा शिंहदरवारको अधिकार आएको छ ।
गाउँ कमिटि अध्यक्ष मशेस केसीले माओवादिले १० जनयूद्ध गरेर जनतालाई के दियो भन्नेहरुले शिंहदरवारमा हुने काम गाउँ घरमै हुने गरेको कुराको स्मरण गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, संघिय तोकतान्त्रीक गणतन्त्र १७ हजार नेपाली जनताको रगतले आएको हो । रातदिन नभनि , घाम पानि नभनि अहोरात्र युद्धमा खटिएर राजतन्त्र फालेर अहिले यो व्यवस्था ल्याउन सफल भएका छौ ।
वैठकमा माओवादि केन्द्र नेता कार्यकर्ता, गाउँ कमिटिका पदाधिकारी, वडा कमिटिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । साथै वैठकमा स्वतन्त्र विद्यार्थि यूनियनको चुनावलाई सत्य निरुपण रुपमा सम्पन्न गर्न भुमिका खेल्ने, विद्यालय व्यवस्थापन समिति गठनमा सहजिकरण गर्ने, लगायतका विषयमा छलफल भएको बताइएको छ ।





