डोजर दुर्घटनामा मृत्यू भएका गिरीको सम्झनामा स्मृति अक्षय कोष स्थापना ।।

कालिकोट :
डोजर दुर्घटनामा परि मृत्यू भएका उमेस गिरीको सम्झनामा स्मृति अक्षय कोष स्थापना गरिएको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ निवासी गिरीको गत मंसिर २४ गतेका दिन कर्णालि करीडोरमा डोजर दुर्घटनामा मृत्यू भएको थियो । गिरीको तेहौँ्र दिने पुन्य तिथिको अवसर पारी अक्षय कोष स्थापना गरिएको सान्नी त्रिवेणी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष वैकुष्ठराज गिरीले जानकारी दिनु भयो ।स्वर्गिय गिरीको हिजो फागुन २६ गते तेह्रौ दिने पुन्य तिथि परेको थियो । पुन्यतिथिको अवसरमा सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष विभिन्न राजनितिक दलका नेता , कर्मचारी लगायतको सहभागिता रहेको थियो । स्वर्गिय गिरीका आमा वुवा पनि पनि बृद्ध भईसकेको र उनकी श्रीमति गर्भवसत रहेको हुँदा घरमा काम गर्ने बृद्धबृद्धाको हेरचाह गर्न समस्या रहेको हुँदा स्वर्गिय गिरीको नाममा अक्षय कोष स्थापना गरिएको हो । साथै उनको घर परिवारलाई सहयोग गरिदिन समेत वडा अध्यक्ष बैकुण्ठ गिरीले आग्रह गर्नुभएको छ । अक्षय कोषमा सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष सहित राजनितिक दलका नेता, वडा अध्यक्ष, कर्मचारी, समाजसेविहरुले पैशा जम्मा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array