मालिका आधारभुत विद्यालयले गर्यो नो लिमिट्स नेपाललाई वधाई तथा सम्मान ।।

कालिकोट :
नो लिमिट्स नेपालले मालिका आधारभुत विद्यालयको २ कोठे जिर्ण भवनको मर्मत गरेको छ । विद्यालयको जिर्ण भवन मर्मत गरि विद्यार्थिलाई वस्नको लागि सहज वातावरण सृजना गर्ने नो लिमिट्स नेपालका पदाधिकारिलाई आज विद्यालय परिवारले सम्मान सहित प्रमाण पत्र प्रदान गरेको छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं ४ मा रहेको मालिका आधारभुत विद्यालयमा नो लिमिट्स नेपालले विदेसी नागरिक फिलिप फ्रीमेनको आर्थिक सहयोगमा भत्केको पर्खाल पुन मर्मत गरि सहित रंगरोगन गरेको छ । कक्षा कोठाको अभाव रहेको बेला भत्केको कक्षा कोठाको मर्मत गरेपछि अहिले कक्षा कोठामा बसालेर पटन पाठन गराउन सहज भएको विद्यालयका प्रधानाध्यपक शान्ति शाहले बताउनु भयो । विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश शाहिको अध्यक्षतामा संचालन भएको सम्मान तथा बधाई कार्यक्रमको प्रमुख अतिथि वडा नं ४ का वडा अध्यक्ष देव नाथ योगि रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा माओवादि केन्द्र प्रदेस कमिटि सदस्य मिठ्ठुदेवि शाहि नो लिमिट्स नेपालका पदाधिकारि बुद्दिजिवि समाजसेवि शिक्षा प्रेमि अभिभावक लगाएतको सहभागिता रहेको थियो । कार्यक्रममा वोल्दै मिठ्ठु देवि शाहीले यहाँको भौगोलिक विकटतालाई बुझेर विदेसी नागरिकहरुले गरेको यो सहयोग विद्यार्थिको भविस्य निर्माणमा ठूलो योगदान पुग्ने बताउनु भयो । विद्यालयको अवथा देखेर विद्यार्थिलाई बस्नको लागि जिर्ण भवन मर्मत गर्ने नो लिमिट्स नेपाललाई वडा अध्यक्ष देवनाथ योगीले धन्यवाद व्यक्त गर्नुभयो । शिक्षामा गुणस्तर ल्याउन र परिवर्तन ल्याउन एउटा पक्षले मात्र गर्न नसक्ने भएको हुँदा सबै पक्षले आ आफ्नो क्षेत्रवाट लाग्नु पर्ने बताउनु भयो । नो लिमिट्स नेपालले जिर्ण भवन मर्मत गरेपछि अहिले कक्षा कोठामा वस्न पाएको भन्दै विद्यार्थिले खुसि व्यक्त गरेका छन । वडा नं. ४ निवासी समाजसेवि पपुलर शाहले आफ्नो नाममा रहेको कित्ता नं. १२४ को २०५ वर्गमिटर जग्गा विद्यालयको नाममा गरेपछि २०४९ सालमा मालिका आधारभुत विद्यालय स्थापना भएको थियो । आर्थिक अवस्था कमजोर र विद्यालयको भौतिक अवस्था पनि कमजोर रहेको वेला स्थानियको सक्रियतामा विद्यालय संचालन गरिएको हो । पुर्व पंचायत सचिव तथा समाजसेवि भक्त बहादुर शाहीले स्स्थापना कालदेखि हाल सम्म विद्यालयका लागि योगदान गरिरहनु भएको छ । उक्त विद्यालय अहिले कक्षा ८ सम्म संचालन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array