सान्नी त्रिवेणी गाउँपालिकाले मनायो २८ औँ जनयुद्ध दिवस ।।

कालिकोट :
सान्नी त्रिवेणी गाउँपालिकाले २८ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । हिजो वसेको मन्त्रि परिषदकोे बैठकले आज जनयुद्ध दिवसको अवसरमा देशभरि सार्वजनिक विदा दिएको थियो । शान्ति प्रक्रियापछि माओवादीले पटक–पटक सरकारको नेतृत्व गरे पनि आज पहिलो पटक सरकारले नै जनयुद्ध दिवस मनाएको हो ।
यसै क्रममा सान्नी त्रिवेणी गाउँपालिकाले पनि २८ औँ जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति कालिकोटका प्रबक्ता अजय बहादुर बम रहनु भएको थियो भने विशिष्ट अतिथिमा नेकपा माओवादि केन्द्रका प्रदेस कमिटि सदस्य डम्बर बहादुर शाही, मिठ्ठु बम शाही शैलज,ा नेपाली काग्रेसका पालिका सभापति विरेन्द्र केसी लगायतका नेता, शिक्षक कर्मचारी र आम नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख प्रशासकिय अधिकृत नेत्र राज शाहीले जनयुद्ध दिवसको अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको र यसलाई चाड पर्वका रुपमा मनाउनु पर्ने बताउनु भयो । उहाँले १० वर्षे जनयुद्धले देशमा थुप्रै परिवर्तन आएको बताउदै अझै पनि देशको विकास र समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथिहरुले १० वर्ष जनयुद्धको उपहार अहिलेको संघिय सरकार आएको बताएका छन । उनिहरुले गणतन्त्र ल्याउनका लागि, राजतन्त्रलाई ढाल्नका लागि थुप्रै चुनौति र हजारौँ नेपाली नागरिकहरुको वलिदानि वाट आज यो व्यवस्था आएको बताए । दलित महिला, उत्पीडीत वर्ग, गरिव निमुखाहरुको आवाज लिएर गरेको १० वर्ष जनयुद्ध सान्ती प्रक्रीयामा गएर अहिले लोतान्त्रिक गणतन्त्र आएपनि नागरिकहरुको अझै आवश्यकता पुरा हुन नसकेको बताएका छन ।
बन्दुक, वारुद, गोली, रगतको जनयूद्ध सकिएपनि अव देशमा विकास र समृद्धिको जनयुद्ध गर्ने वेला आएको प्रमुख अतिथि अजय बहादुर बमले बताउनु भयो । हिजो गरिव निमुखाहरुले वाल्न पाउने अवस्था थिएन । जातिय विभेद, अपहेलना जस्ता थुप्रै विकृति थिए । उहाँले भन्नुभयो , त्यति वेलाको राज्यसत्ताले नागरिकहरुको हक अधिकार दिएको थिएन । त्यसका विरुद्ध हामी जनयुद्ध गर्न बाध्य भयौँ । आज नागरिकहरुले आफ््नो हक अधिकार पाएका छन । जनयुद्धको उपलब्धी अहिले शिंहदरवारको अधिकार स्थानिय स्तरमै आएको बताउनु भयो ।
राजतन्त्र फालेर संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन आफ्नो ज्यानको प्रवाह नगरि युद्धमा आफ्नो ज्यान गुमाउने सहिदहरु प्रति उच्च सम्मान व्यक्त गर्दै उहाँको रगतले आज देशमा यो परिवर्तन आएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेकपा माओवादी नयाँ शक्तिका रुपमा उदय भएको बताउनु भयो । १० वर्ष महान बलिदानि पुर्ण युद्ध गरेर क्रान्तिकारी किर्तिमानि कायम गरेको उहाँको भनाई छ ।
देशमा गणतन्त्र स्थापना गर्नका लागि, राजतन्त्र ढाल्नका लागि र संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि जनयुद्ध सुरु गरेको दिनको सम्झनामा आज देशभरि जनयुद्ध दिवस मनाईएको छ ।
यस्तै सान्नी त्रिवेणी गाउँपालिका वडा नं. ७ पनिे पनि आज भव्य रुपमा जनयुद्ध दिवस मनाएको वडा कमिटि ईन्चार्ज कृष्नखर उपाध्यायले जानकारी दिनु भयो । माओवादीले २०५२ फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array