अनेरास्ववियू क्रान्तिकारी कालिकोटद्धारा कैदिबन्दीलाई फलफुल वितरण ।।

कालिकोट:
अनेरास्ववियू क्रान्तिकारी कालिकोटले आज जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई फलफुल वितरण गरेको छ । २८ औँ जनयुद्ध दिवसको अवसर पारेर आज कैदिबन्दीलाई फलफुल वितरण गरेको हो ।
दिवसको अवसरमा हुने फजुल खर्चलाई कम गर्नका लागि जेल जिवन विताईरहेका कैदिबन्दीलाई फलफुल वितरण गरेको अनेरास्ववियू क्रान्तिकारीका सिटिइभिटि जिल्ला कमिटि संयोजक अरुण केसीले जानकारी दिनु भयो ।
फलफुल वितरण कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य मनशिह शाही, जिल्ला कमिटि उपाध्यक्ष खगेन्द्र मल्ल, नेपाल राष्टिय उधोग व्यापार महासंघका केन्द्रीय सदस्य नबराज बुढा, अनेरास्ववियू क्रान्तिकारीका सिटिइभिटि जिल्ला कमिटि संयोजक अरुण केसी। तिला कर्णाली बहुमुखी क्याम्पसका ईकाई कमिटि अध्यक्ष सिमा शाही लगायतको उपस्थिती रहेको थियो ।
आफुहरुले खुल्ला मञ्चमा जनयुद्ध दिवस मनाउन नपाएपनि जनयुद्ध दिवसको अवसर पारेर आफुहरुलाई सम्झेकोमा कैदीबन्दीले धन्यवाद ब्यक्त गरेका छन । जनयुद्ध दिवसको अवसरमा साँझ पख अनेरास्ववियू क्रान्तिकारी कालिकोटले मान्मको प्रतिमाचोकमा र सान्नी त्रिवेणी गाउँ कमिटिले पालिकामा दिप प्रज्वलन समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array