दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन ।

  1. कालिकोट :

सान्नी त्रिवेणी गाउँपालिकाको दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डाँफे मावि मुम्रामा आज एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ डाँफे मावि मुम्राका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दर्व तिरुवाको अध्यक्षतामा संचालन भएको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष मोहन बहादुर केसि रहनु भएको थियो भने विशिष्ट अतिथिमा वडा नं ८ का वाडा अध्यक्ष नौलाशिह बुढा प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहि विभिन्न राजनितिक दलका प्रतिनिधि शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सान्नी त्रिवेणि गाउँपालिका खेलकुद संयोजक खेमराज गिरीले आफ्नो व्यक्तित्व विकास गर्नका लागि, खेल क्षेत्रवाट आफ्नो र राष्ट्रको पहिचान दिनका लागि खेल महत्वपुर्ण रहेको बताउनु भयो । खेलाडिमा अनुशासन पहिलो आवश्यकता रहने हुँदा खेलाडिले हरेक ठाउमा अनुशासनलाई पहिलो प्राथमिकता दिएर खेल खेल्नु पर्ने बताउनु भयो ।

आजवाट संचालन भएको खेललाई स्वच्च निष्पक्ष सौहार्दपुर्ण वातावरणमा सम्पन्न गर्न सबैको भुमिका रहने प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहिले विस्वास ब्यक्त गर्नु भयो ।

वडा नं ८ का वडा अध्यक्ष नौलाशिह बुढाले खेल जगतलाई उच्च स्थानमा पुगाउनका लागि विद्यार्थिहरुले आफ्नो अनुशासनलाई ध्यानमा राखि खेल प्रदर्शन गर्न आग्रह गर्नु भयो ।

खेल खेल्नु आफ्नो स्वास्थ्यका लागि मात्र नभएर आफ्नो नाम विश्वको इतिहासमा लेखाउन सकिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । उहाँले यश प्रतियोगितावाट उत्कृष्ट खेलाडि छनौट गरि पालिकाको टिम बनाउने र त्यहि टिमलाई जिल्लामा पठाउनु बताउनु भयो । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सान्नी त्रिवेणी गाउँपालिका विजयी हुने गरि खेल खेल्न र आफ्नो कला प्रदर्शन गर्न आग्रह गर्नु भयो । उहाँले गाउँपालिकालाई खेल क्षेत्रवाट चिनाउनका लागि पालिकाले अध्यक्ष गोल्ड कप प्रतियोगिता संचालन गर्ने र पालिकाको एक टिम बनाई विभिन्न प्रतियोगितामा भाग लिने बताउनु भयो ।

दोस्रो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ६ वटा विद्यालयले विभिन्न विधामा सहभागिता जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array