कालिकोट :
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिने खेलाडिलाई सान्नी त्रिवेणी गाउँपालिकाले आज एक कार्यक्रमका विच सम्मान गरेको छ । फागुन १४ गते देखि १६ गते सम्म महावै गाउँपालिकाको कुनिमा संचालन भएको १३ औँ राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा भाग लिएका खेलाडि र गोल्ड मेडल प्राप्त गर्ने खेलाडिहरुलाई आज सम्मान गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष पार्वति शिंह संज्याल, वडा नं. ४ का वडा अध्यक्ष देव नाथ योगी, ९ का अध्यक्ष नरपति तिरुवा, प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाही लगायतको उपस्थितीमा खेलाडि र खेल प्रशिक्षकहरुलाई दोसल्ला अविर लगायर सम्मान गरिएको हो । १३ औँ जिल्ला स्तरीय राष्टपति रनिङ्ग शिल्ड प्रतियोगितामा १ हजार ५ सय मिटर दौड, ३ हजार मिटर दौडमा विमल बम प्रथम भएका छन भने लङजम्पमा रविन गिरी प्रथम भएका हुन ।
यस्तै छात्रा भलिवल तर्फ सान्नी त्रिवेणी गाउँपालिकाले तृतिय स्थान हासिल गरेको छ भने कराते तर्फपनि तृतिय स्थान हासिल गरेको खेल प्रशिक्षक मनिजन शाहीले जानकारी दिनुभयो । कडा मेहेनतका साथ आफ्नो खेल प्रदर्सन गरि ३ वटा गोल्ड मेडर प्राप्त गरेको प्रति आज गाउँपालिकाले खेलाडिको हौषलाका लागि उनिहरुलाई सम्मान गरिएको प्रमुख प्रशासकिय अधिकृत नेत्रराज शाहीले बताउनु भयो ।
खेलाडिहरुको संरक्षणका लागि र उनिहरुको हौषलाका लागि गाउँपालिकाले खेलाडिलाई उच्च स्थानमा राखेर सम्मान गर्ने उपाध्यक्ष पार्वति शिंह संज्यालले बताउनु भयो । उहाँले खेलाडिहरुको संरक्षणका लागि र खेलाडिहरुको व्यवस्थापनका लागि गाउँपालिकाले आगामि दिनमा वजेटको राम्रो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उहाँले खेलाडिले नै सान्नी त्रिवेणी गाउँपालिकाको नाम चिनाउन सक्ने भएको हुँदा खेलाडिहरुको सम्मानका लागि र उनिहरुको संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले पुर्ण रुपमा सहयोग गर्ने बताउनु भएको छ ।
पहिले एउटा पनि गोल्ड मेडल जित्न नसकेको यस गाउँपालिकाले यो पटक ३ वटा गोल्ड मेडल जितेको खेल प्रशिक्षक मनिजन शाहीले बताउनु भयो ।





