सान्नी त्रिवेणी गाउँपालिकामा ईएफटि प्रणाली सुचारु, ४४ सेकेण्डमा सेवाग्राहीको खातामा पैशा जम्मा हुने ।।

कालिकोट:
जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाले अव देखि सिधै सेवाग्राहीको बैंक खातामा पैशा पठाउने भएको छ । विगतमा बैंकको चेक काटेर पुन वैंकमा नै पठाएर सेवाग्राहीको खतामा पैशा भुक्तानि हुने गरेको थियो । भनेको समयमा पैशा सेवाग्राहीको खातामा नजाने र ईन्टरनेटको झन्झट झेल्नु पर्ने अवस्था थियो ।

बैंकमा पठाएको १ दिन पछि हुने कामलाई अव ४४ सेकेण्डमा सेवाग्राहीको खातामा पैशा जम्मा हुने लेखा अधिकृत परेक बहादुर बुढाले बताउनु भयो । लेखा अधिकृत परेक बहादु बुढाले पालिकाको आर्थिक प्रणालीमा सुधार ल्याउनका लागि र आर्थिक अनियमितता रोक्नका लागि यो प्रणाली लागु गर्नु भएको हो ।

गाउँपालिकाले ईएफटि प्रणाली आज वाट सुचारु गरेको बुढाले बताउनु भयो । लेखा अधिकृत बुढाका अनुसार भुक्तानि लिनका लागि पालिका नै पुग्नु पर्ने बाध्यताको अन्त्य भएको बताउनु भयो । सर्वसाधारणले भुक्तानि लिनका लागि पालिकामा आई बैंक र पालिका धाउनु पर्ने बाध्यता अन्त्य भएको र यो प्रणाली मार्फत सेवाग्राहीको खातामा सिधै पैशा पठाईने बताउनु भयो ।

आवश्यक कागजात र चेकको प्रतिलिपी सहितका कागजात बुझाएमा सानिमा बैंकको खाता भएमा ४४ सेकेण्डमा पैशा जम्मा हुने र अन्य वैंकको खाता हो भने १२ घण्टामा खातामा पैशा जम्मा हुने बुढाले बताउनु भयो ।

विगतका वर्षहरुको गाउँपालिकामा लेखापाल नहुने ६ महिनाको एक चोटि आएर भुक्तानि दिने प्रबृतिको अन्त्य भएको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भयो । अव पैशा भुक्तानिका लागि आवश्यक लेखाले मागेको कागजात पठाएमा ४४ सेकेण्डमै सम्वन्धित ब्यक्ती वा उपभोक्ता समितिको खातामा पैशा जम्मा हुने केसीले बताउनु भयो ।

सान्नी त्रिवेणी गाउँपालिकाका नागरिकहरुलाई गाउँपालिकावाट प्रदान गर्ने सेवालाई यसरी नै सर्वसुलभ बनाउदै लैजाने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array