सरुवा हुन चाहने शिक्षकहरुका लागि निवेदन दिन सान्नी त्रिवेणी गाउँपालिकाको आह्वान ।।

कालिकोट :

सान्नी त्रिवेणी गाउँपालिकाले सरुवा हुन चाहने शिक्षकहरुका लागि निवदेन दिन सुचना प्रकाशन गरेको छ । गाउँपालिकाको शिक्षा यूवा तथा खेलकुद शाखाले सुचना जारी गर्दै यस गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्नो सरुवा गर्न चाहेमा चैत्र २९ गते भित्र तोकिएको ढाँचाको निवेदन  सहित पालिकामा पेश गर्न भनेको छ ।

सान्नी त्रिवेणी गाउँपालिकाको स्थानिय शिक्षा ऐन २०७८ को परिच्छेद ६ को दफा २३ को उपदफा १ परिच्छेद ७ को दफा ३० र परिच्छेद ८ को दफा ३९ र ४० मा उल्लेख भएको व्यवस्था अनुरुप शिक्षक विद्यार्थि अनुपातको आधारमा प्रतेक वर्ष चैत्र महिना भित्र काज सरुवा तथा शिक्षक दरबन्दी मिलान गर्दै आएको छ ।

त्यसै अनुसार यो आर्थिक वर्षमा पनि आन्तरिक काज सरुवा तथा शिक्षक दरबन्दी मिलान अनिवार्य रुपमा गर्नु पर्ने भएकाले आफुले सरुवा हुन चाहेको वा ईच्छाएको गाउँपालिका चित्रका कुनै १० वटा विद्यालयहरुलाई प्राथमिकताक्रममा राखि निवेदन दिन आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array