दोषीलाई कार्वाहि गर्ने अध्यक्ष केसिको भनाई ।।

कालीकोट जेठ २१ गते । कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मिनवहादुर बिष्टले स्थाई अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको पाईएको छ । कर्मचारी समायोजनका बेला शान्नीबिवेणी गाउँपालिका रोजेर सबै भन्दा पहिला आएकि स्थाई अनमी निलम कुमारी संज्याललाई फाजिलमा राखेर आफ्नो कान्छी श्रीमती भावना कुमारी थापालाई अनमी दरवन्दी भएको रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको रहस्य खुलेको हो ।

यो रहस्य बाहिर आएपछि गाउँपालिमा अध्यक्ष मोहन बहादुर केसिले यसका विषयमा पालिकाले छानविन गरि दोसिलाई कार्वाहि गर्ने बताएका छन । यो नहुनु पर्ने कसरी भयो र किन गरियो भन्ने विषयमा छलफल गरि नि विपरित काम गर्नेलाई कार्वाहि गर्ने उनको भनाई छ । यस्को विषयमा आफुले केही दिन पहिले जानकारि पाएको भएपनि पालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेकाले पालिकामा बसेर शाखा प्रमुख र प्रमुख प्रशासकिय अधिकृत सँग कुराकानि गर्न नपाएको बताए । अव यो कार्यक्रम सकिय लगत्तै उनिहरु शीत छलफल गरि गल्ति गर्नेलाई कार्वाहि गर्ने र पिडितलाई न्याए दिने केसिले बताए ।
२०७५ साल यता रकु स्वास्थ्य चौकीमा दरवन्दीमा कार्यरत अनमी निलम कुमारी सज्यालको ठाउँमा आफ्नो कान्छी श्रीमती थापालाई कामकाज गर्न लगाएपछि उक्त रहस्य वाहिर आएको हो । बिष्टकी श्रीमती थापा पनि स्थाई हुन । तर दरवन्दी नभएकाले फाजिलमा सामुदायिक स्वास्थ्य इकाईमा काम गदै आएकी थिईन ।
मिति २०७८ साल बैशाख २३ गते पत्र लेख्दै रकु स्वास्थ्य चौकी प्रमुख दिर्गवहादुर नेपालीले बैशाख २२ गते गाउँ कार्यपालिकाको निर्णय अनुसार भन्दै रकु स्वास्थ्यचौकीमा रिक्त रहेको अनमी पदमा पदस्थापन गरिएकाले निज मिति २०७८ बैशाख २३ गते वाट हाजिर भई कामकाज गर्नु भनिएको छ । तर अनमी संज्यालले याे समयमा स्वास्थ्य चाैकी रुकुमा कार्यरत रहेकाे हाजिर रजिष्टरले पनि पुष्टी गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array