स्वास्थ्य खानेपानी सरसफाई तथा विपत जोखीम क्षेत्रको वार्षिक योजना तर्जुमा तथा वजेट सम्वन्धि १ दिने कार्यशाला गोष्ठि सम्पन्न ।।

कालिकोट :
पालिका स्तरीय स्वास्थ्य खानेपानी सरसफाई तथा विपत जोखीम क्षेत्रको वार्षिक योजना तर्जुमा तथा वजेट सम्वन्धि १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालिकोटको आयोजना र सान्नी त्रिवेणी गाउँपालिकाको समन्वयमा १ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको हो । सान्नी त्रिवेणी गाउँपालिकाले आगामि आर्थिक वर्षको वजेट तथा निति कार्यक्रमको छलफल गरिरहेको वेला रेडक्रसले आफुले यस पालिकामा गर्ने विभिन्न क्रियाकलापमा पालिकासँग गर्ने साझेदारीका विषयमा छलफल गरेको हो ।
नेपाल रेडक्रसले सान्नी त्रिवेणी गाउँपालिकाका ९ वटै वडामा स्वास्थ्य, खानेपानी, सरसफाई तथा विपत जोखिमका क्षेत्रका विभिन्न कामहरु गर्दै आएको छ । अहिले वडा नं. ४ मा खानेपानी योजना, वडा नं. ५ मा वर्थिङ सेन्टर र वडा नं. ६ मा वर्थिङ सेन्टर निर्माणको काम गरिरहेको बताइएको छ । सान्नी त्रिवेणी गाउँपालिकामा स्थानियको आवश्यकता पहिचान गरि पालिकासँग साझेदारी गरेर स्वास्थ्य खानेपानी र विपत जोखिमका विषयमा कामहरु गर्दै आएको जिल्ला कार्यक्रम अधिकृत भरत बहादुर हमालले बताउनु भयो ।
सामुदायिक स्वास्थ्यका लागि एकिकृत पहल कार्यक्रम अन्तर्गत यस गाउँपालिकामा स्वास्थ्य खानेपानी सरसफाई तथा विपत जोखिमका क्षेत्रमा आगामि ३ वर्ष काम गर्ने परियोजनाको लक्ष्य रहेको हमालले बताउनु भयो । वर्थिङ सेन्टर निर्माण सँगै मातृमृत्यु घटाउन वर्थिङ सेन्टरमा आवश्यक सामाग्री सहयोग गर्ने स्वास्थ्य संस्थामा प्रशुति गराउनका लागि पहल गर्ने, नियमित खोप कार्यक्रम लगायतका विभिन्न क्रियाकलाप संचालन गर्ने उहाँको भनाई छ ।
१ दिने कार्यशाला गोष्ठिमा स्वास्थ्य खानेपानी सरसफाई तथा विपत जोखिमका क्षेत्रमा ९ वटै वडाका वडा अध्यक्षहरुले योजनाहरु छनौट गरेका छन । ति योजनाहरुको अनुमानित लागत सहित रेडक्रसले वजेट र त्यसमा पालिकाले साझेदारी गर्नु पर्ने वजेटमा पनि छलफल गरि आवश्यकताका आधारमा योजनाहरु संचालन गरिने हमालले बताउनु भएको छ ।
गाउँपालिकाले आगामि आर्थिक वर्षको वजेट ल्याउने तयारी गरिरहेको वेला रेडक्रसले पनि यो गाष्ठिको आयोजना गरि जानकारी गराएकोमा धन्यवाद दिदै पालिकाले साझेदारीमा लाग्ने वजेट वनाउन पनि सहज हुने लेखा अधिकृत परेक बुढाले बताउनु भयो ।
रेडक्रस र हेल्भेटासले यस पालिकामा खानेपानीका लागि ठूलो योजना ल्याएको र केहि वडाहरुमा केहि विवाद आएको हुँदा वडा अध्यक्षहरुले यसको समाधान गरि कार्यक्रम संचालनमा सहजिकरण गर्न गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले निर्देशन दिनु भएको छ । यस्तै उहाँले विभिन्न समयमा आउने विपतले ठूलो क्षति गरेको हुँदा विपतका सम्वन्धमा विशेष ध्यान दिएर कार्ययोजना बनाएको र यसमा पालिकाले पनि आगामि आर्थिक वर्षमा ठूलो वजेटको व्यवस्था गर्ने बताउनु भयो ।
उहाँले पालिकाले साझेदारी गर्ने वजेटमा रेडक्रसले समयमै जानकारी गराएको हुँदा पालिकाले पनि अव आगामि आर्थिक वर्षको वजेटमा साझेदारी गर्नु पर्ने वजेट छुट्याई समन्वय र सहकार्य गर्ने बताउनु भएको छ । उहाँले सान्नी त्रिवेणी गाउँपालिकाका थुप्रै नागरिकहरुका आवश्यकता पुरा गर्न पालिका सरकारले मात्र नसक्ने भएको हुँदा यसमा विभिन्न संघ संस्थाले खेलेको भुमिका र गरेका कामहरुप्रति खुसी ब्यक्ती गर्दै आगामि दिनमा पनि यसरी समनवय र सहकार्य गर्ने अपील गर्नुभयो ।

१ दिने कार्यशाला गाष्ठिमा गाउँपालिका अध्यक्ष मोहन बहादुर केसी, ९ वटै वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकिय अिधकृत नेत्रराज शाही, लो अधिकृत परेका बुढा, विषयगत शाखाका प्रमुख लगायतको सहिभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array