कालिकोट :
आर्थिक वर्ष २०८०/०८१ बजेट तर्जुमा सम्बन्धि सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ । सान्नी त्रिवेणी गाउँपालिकाले आगामि आर्थिक वर्षको बजेट ल्याउने तयारि गरिरहेको बेला आज विभिन्न राजनितीक दलका नेता भुपु जनप्रतिनिधि वुद्दिजिबि लगायतका नागरिकहरुसँग सुझाब संकलन गरिएको हो । सान्नी त्रिवेणी गाउँपालिकालाई समृद गाउँपालिका बनाउनका लागि आगामि आर्थिक वर्षमा कुन क्षेत्रलाई प्राथमिकता दिनु पर्छ, कुन कुन क्षेत्रमा बजेट विनियोजन गर्नुपर्छ, कस्ता खालका नीति कार्यक्रम ल्याउनु पर्छ भन्ने विषयमा सुझाव संकलन गरिएको हो ।
सान्नी त्रिवेणी गाउँपालिकालाई समृद गाउँपालिका बनाउनका लागि जनप्रतिनिधि र कर्मचारिहरुले काम गरेर मात्र सम्भव नहुने भएको हुँदा सबैको सल्लाह सुझाब र आवश्यकतालाई हेरेर बजेट विनियोजन गरिने गाउँपालिका अध्यक्ष मोहन बहादुर केसिले बताउनु भयो । आफु निर्वाचनमा होमिदै गरेको वेला वोलेको कुरालाई पूरा गर्नका लागि आम नागरिक, राजनितिक दल, भुपु जनप्रतिनिधि , बुद्धिजीवी लगायतसँग सुझाब लियर काम गर्ने र आगामि आर्थिक वर्षको बजेट पनि सबैको सुझाब सल्लाह अनुसार ल्याउने बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले रकु देखि पालिका सम्मको सडकलाई पहिलो प्राथमिकता दिनु पर्ने बताएका छन । यो सडक संचालनमा ल्याउनका लागि आगामि आर्थिक वर्षमा बजेट बिनियोजन गरि काम सम्पन्न गर्न सुझाब दिएका छन । यस्तै पालिकाको आन्तरिक राजश्व बृद्दि गर्नका लागि त्रिवेणी पाटनलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नु पर्ने र सडकको पहुँचमा ल्याउनु पर्ने बताएका छन । पालिकाले सधै परनिर्भर नभई आत्मनिर्भर बन्नका लागि आन्तरिक राजश्व बृद्दि ml@गर्ने स्रोतको खोजि गरि राजश्व संकलन गर्नु पर्ने सुझाब दिएका छन ।
यस्तै शिक्षामा प्रतेक सामुदायिक विद्यालयमा अंग्रेजि र नेपाली दुबै माध्यमवाट पठन पाठन संचालन गर्नु पर्ने, जनप्रतिनिधि र कर्मचारिका छोराछोरिलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने नीति ल्याउनु पर्ने सुझाब दिएका छन । यस्तै प्रतेक स्वास्थ्य संस्थामा औजार उपकरणहरु उपलब्ध गराउनु पर्ने , यूवाहरुको ईच्छा र क्षमता अनुसारको सीप सिकाई रोजगारि बनाउनु पर्ने, पालिकामा खाद्य तथा नुन डिपो स्थापना गर्नु पर्ने, हरियालि वन, धार्मिक स्थलको संरक्षण, विधुत उत्पादन, एक घर एक खानेपानी धारो, पालिकाको नयाँ नक्सा बनाई प्रतेक ठाउमा सार्वजनिक गर्ने पर्ने सुझाव दिएका छन ।
कृषिमा आत्मनिर्भर तथा व्यवसायिक बनाउनका लागि माटो परिक्षण गरि फलफुल तरकारि उत्पादनमा जोड दिने, बजारिकरणको व्यवस्था मिलाउनु पर्ने, मासिक रुपमा कृषि मेला गर्नु पर्ने, संकलन केन्द्र र कोल्ड स्टोर स्थापना गर्नु पर्ने सुझाव दिएका छन । यस्तै लक्षित वर्गको रकम सहि तरिकाले कार्यान्वयन गर्नु पर्ने , दलितहरुको हक अधिकारका लागि नीति नियम बनाउनु पर्ने, महिलाहरुको सहभागिता बिगतको भन्दा बढि गराउनु पर्ने, पशु पालनमा ध्यान दिनु पर्ने, सडकको स्तरउन्नति र नाला निर्माण गर्नु पर्ने शुसासनलाई थप मजबुत गराउनु पर्ने लगायतका थुप्रै विषयमा सुझाब दिएका छन ।
लिखित र मौखिक रुपमा दिएका सुझाबलाई मध्यनजर गर्दै पालिकाले आगमि आर्थिक वर्षको नीति कार्यक्रम र बजेट ल्याउने अध्यक्ष केसिले बताउनु भयो ।
हामिहरु आम नागरिकहरुको सकरात्मक सल्लाह सुझाब अनुसार नै काम गर्ने भएको हुँदा सबैले समय समयमा आफ्ना महत्वपुरण सल्लाह सुझाब दिईरहन जिल्ला समन्वय समिति कालिकोटका प्रवक्ता अजय बमले आग्रह गर्नु भयो । उहाँले बजेट जनाताप्रति उत्तरदायि र योजनाहरु नागरिकहरुको आवश्यकताका आधारमा गर्नु पर्ने बताउनु भयो । सान्नी त्रिवेणी गाउँपालिकाको विकास र समृद्दिका लागि हरेक निकाय सँग पहल गर्ने र यसमा सबैले साथ र सहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि विषयगत शाखाका प्रमुख, कर्मचारि , नागरिक समाज, वुद्दिजिबि, विभिन्न संघ संगठनका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।





